सम्पर्क

खानेपानी

नगर प्रमुख अर्को पार्टीको भएपनि उहाँ राम्रो हुनुहुँदो रहेछः वडाअध्यक्ष श्रेष्ठ,

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, राजनिती, विचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका वडा नं६मा पिता परम बहादुर श्रेष्ठ र माता दिल माया श्रेष्ठको कोखबाट २०२४जेठ २२मा जन्मनु भएका बिकास प्रेमी समाजसेवी कुल बहादुर श्रेष्ठ हाल वडा नं६मा वडा अध्यक्ष हुनुहुन्छ। प्रस्तुत छ उहाँसँग रेडियो लोकप्रिय नेत्रज्योति १०६.६ मेगाहर्ज बाह्रबिसे विज्ञापन व्यवस्थापक फूडोमा शेर्पाले लोकप्रिय समाचार राष्ट्रिय दैनिकका लागी गर्नुभएको छोटो कुराकानी यँहाको परिचय ? मेरो नाम कुल बहादुर श्रेष्ठ हो , म वडा नं ६ को वडा अध्यक्ष हु। मेरो बुबाको नाम परम बहादुर श्रेष्ठ भने आमाको नाम दिल माया श्रेष्ठ हो मेरो जन्म २०२४ जेठ २२ गते भएको हो , म अहीले बाह्र्बिसे नगरपालिका वडा नं ६को वडाअध्यक्षको म्मिेवारी बहन गरिरहेको छु । निर्वाचित हुने बेलाको अनुभव कस्तो रह्यो ? नेपालमा सघीयता लागु भए पछी दोश्रोपटक भएको स्थानीय निर्वाचनमा म पनी वडा अध्यक्षको उम्मेद्वार बन्न पाए...

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १६ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थाल्नुभएको थियो । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको छ । मन्त्री यादव पानी काठमाडौँ चाडो पठाउने विषयमा छलफल गर्न भन्दै आज पनि त्यतै बस्नुभएको छ । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुट्न...

सडक मर्मत सम्भार निर्देशीका जारी

खानेपानी, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बागमतीप्रदेस सरकार भौतिक पुर्बधार बिकास मन्त्रालय हेटौडाले सडक मर्मत सम्भार निर्देशीका जारी गर्दै सडक मर्मतका लागी मापदण्ड तोकेको छ । मापदण्ड अनुसार कच्ची पक्की दुबै सडकका नाली सफा गर्ने पानी जम्न नदीने जस्ता रहेका छन । यसका लागी सडक मर्मत तथा सम्भार कर्ता राख्नका को लागी पनी निर्देशीकाले सज बनाएको छ ।  Road_Maintenance_Guidelines_2080  (यँहा थिच्नुहोस )   १८ बर्ष पुरा भइ ६० बर्ष ननाघेको पुरुष तथा महीलाले कार्यक्षेत्र रहेको सडकबाट करिब आधा घण्टाका दुरी सम्मका ले दरखास्त दिन पाउँने भएको छन ।  ...

मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन् । अब भने मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । बजारका घरमा खानेपानीको धारा जडान गरेर खानेपानीको सुविधा पु¥याउने गरी योजना सञ्चालन भएपछि खानेपानीको समस्या समाधान हुनेमा स्थानीय ढुक्क भएका छन् । विसं २०७० भन्दाअघिदेखि योजना सञ्चालन भए पनि विविध कारणले सम्पन्न हुन नसकेको बजार खानेपानी योजना यतिखेर अन्तिम चरणमा पुगेको वडा नम्बर ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयो । अहिले बजारको तीन सय १० घरधुरीलाई पानी वितरण गर्ने गरी काम भइरहेको तामाङले बताउनुभयो । खानेपानी तथा सरसफाइ कार्यालय सिन्धुपाल्चोकले ट्याङ्की निर्माण गरे पनि बजारसम्म पानी पु¥याउन सकिएको छैन । सङ्घीय खानेपानी कार्यालय भक्तपुरबाट ...

 मेलम्चीमा बजार अनुगमन गुणस्तर हिन सामाग्री नष्ट

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दसैं तिहार जस्ता चाडबाड नजिकिएसँगै बजारमा म्याद गुज्रिएका सामाग्री हुनसक्ने, अस्वभाविक मूल्यवृदि हुनसक्ने जस्ता सम्भावना मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजार अनुगमनलाइ तीब्र बनाएको छ । नगरको विभिन्न वडामा अनुगमन गरिरहेको नगरपालिकाले बुधवार मेलम्ची बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्षहरू अमृत खनाल र चन्द्रबहादुर तामाङ, उधोग वाणिज्य संघका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागीता थियो । अनुगमनको क्रममा भेटिएका गुणस्तरहिन सामान नष्ट गरिएको थियो ।...

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ । सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पुनःनिर्माण कहिले र कसरी गर्ने भनी निर्णय गरेपछि काम गरिनेछ ।” वर्षा सुरु हुनुपहिले सुरुङ बन्द गर्दा वर्षा सकिएपछि तुरुन्त पानी चलाउने गरी योजना बनाइएको थियो । गत साउन २८ र २९ गते ठूलो बाढी गएर पुरिएको थियो । अहिले पहुँचमार्ग सबै बगेकाले तत्काल पानी चलाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि एक दिन बिराएर धमिलो पानी आइरहेकाले नदीको सतह बढिरहेको...

लिसंखुपाखरको घुम्ती सेवा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउन्पालिकाले एकिकृत घुम्ती सेवा सम्बन्धी शिवीर सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नं. ७ ठुलोपाखरमा बिहिबार सम्पन्न भएको शिवीरमा योजना सम्झौता÷अनुशिक्षण, माटो परिक्षण, बालीको रोग पहिचान र नियन्त्रण सल्लाह सुझाव, पशु बन्ध्याकरण ÷ पशुपंक्षी रोग पहिचान र नियन्त्रण सम्बन्धी परामर्श, ब्यवसाय दर्ता, ईजाजत पत्र प्रदान र नबिकरण, जेष्ठ नागरिक परिचय पत्र बितरण, स्वास्थ्य संस्था र आरोग्य केन्द्रबाट प्रदान हुने सेवाहरु उपलब्ध गराइएको थियो । वडा नं. ७ मा सम्पन्न भएको एकीकृत घुम्ती सेवा शिवीरमा ८ वटा योजना सम्झौता भएको छ । जसमा पेङगल खोला हिन्दु समुदाय चिहान घर स्तरउन्नती, १६ किलो तलतिर जाने सिंडी निर्माण, ककलिङ हरिसिद्वी माबि चिल्ड्रेन पार्क घेराबार , बर्घाङ नेवार समुदाय अपुरो सिंडी निर्माण, मेसिपा ठकुरी समुदाय, मन्दिर स्तरउन्नती, तौथली मन्दिर निमार्ण, ककलिङ महिला भवन ...

डाँडागाउ लिफ्ट खानेपानी योजनाको समुद्घाटन

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ४ मा पर्ने लिफ्ट खानेपानी योजनाको समुद्घाटन गरिएको छ । उक्त योजनाको उद्धघाटन पश्चात खानेपानी आयोजनाको संरक्षणगरी स्वच्छ पानी पिउनका लागी स्थानीयलाई हस्तानन्तरण समेत गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाँउपालिका वडा नं. ४ को थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी आयोजनाको समुद्घाटन तथा हस्तान्तरण गरिएको हो । शुक्रबार प्रतिनिधिसभा सदस्य माधब सापकोटा ’सुबोध’ र नेपालको लागि जापानी राजदुत किकुता योउताकालद्वारा संयुक्तरुपमा आयोजनाको उद्धघाटन गरेपछी जापानी राजदुतले सापकोटा र बागमती प्रदेस सभा सदस्य अमृता नेपाललाई साक्षी राखेर पालिका अध्यक्षलाई योजना हस्तानन्तरण गर्नुभयो । योजनाको हस्तान्तरण कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधी सभा सदस्य माननीय माधब सापकोटा सुवोधले थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी आयोजनाले प्रया...

विकास र सुशासन पहिलो प्राथमिकता ः नगर प्रमुख तामाङ

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार
  ज्यामिरेको सुनखानीमा सामान्य किसान परिवारमा जन्मनु भएका आइतमान तामाङ मेलम्ची नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ । २०४८ सालबाट राजनीतिमा लाग्नुभएका तामाङले नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिरहनु भएको छ । विगत लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील लामाले कराँतेको अन्र्तराष्ट्रिय खेलाडीको रुपमा समेत आफ्नो पहिचान बनाउनुभएको छ । समृद्ध मेलम्ची नगरपालिकाको परिकल्पनालाई सार्थक पार्ने उद्देश्यका साथ विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुभएका तामाङ आफ्नो कार्यकालमा नगरवाशीको आधारभूत आबश्यकता पूरा गर्ने अठोटका साथ लागिपर्नु भएको छ । २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख भएपछि गरेका काम र आगामी दिनमा समग्र नगरको विकास निर्माण र आगामी योजनाका सन्दर्भमा मेलम्ची नगर प्रमुख तामाङसँग लोकप्रिय समाचार राष्ट्र...

बागमती प्रदेशको बजेट २०बर्षेगाडीलाइ ९०प्रतिशत छुट

खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत् विभिन्न करको दर हेरफेर गरेको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले महिला, दलित समुदाय, अपाङ्गता भएको व्यक्ति, अल्पसंख्यक र लोपोन्मुख समुदायका व्यक्तिले प्राइभेट फर्म रजिष्ट्रेसन गर्न चाहेमा फर्म दर्ता गर्दा लाग्ने दस्तुरमा पचास प्रतिशत छुट हुने व्यवस्था बजेटले गरेको छ । बागमती प्रदेशका यातायात ब्यवस्था कार्यालयहरूमा दर्ता भएर २० वर्ष पुरा भएका कारण सञ्चालनमा आउन नसक्ने सार्वजनिक सवारी साधनको २० वर्ष अवधिको तिर्न बुझाउन बाँकी रहेको सवारी साधन कर र नवीकरण दस्तुर सम्वत् २०८० फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।बागमती प्रदेशलाई लगानीमैत्री प्रदेशको रूपमा स्थापना गर्न काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका क्षेत्र बाहेक प्रदेशका अन्य स्थानमा उत्पादनमूलक उद्योग...