अपराध नियन्त्रणमा सक्रिय वन्दै प्रहरी
नेपाल प्रहरी पछिल्लो समय अपराध नियन्त्रणमा सक्रिय वन्दै गएको छ ।
स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित पक्राउ
वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट स्रोत नखुलेको नगद १८ लाख रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१० ठेगाना भएका २८ वर्षीय चन्दन कुमार साह र सोही ठाउँ ठेगाना भएका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् । घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको उक्त नगद सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
रोल्पा, सुनिलस्मृती गाउँपालिका–४ सुलिचौर...
