लैंगिक हिंसा विरुद्ध सिन्धुपाल्चोकमा विविध कार्यक्रम
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसर पारेर सिन्धुपाल्चोकमा विविध कार्यक्रमहरु गरिएको छ ।
जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको आयोजना तथा गैर सरकारी संस्था महासँघको समन्वयमा चौतारामा ७३ औं अन्तराष्ट्रीय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन तथा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । जिल्लामा रहेका गैर सरकारी सँस्थाहरुको सहकार्यमा भएको कार्यक्रममा ईन्सेक प्रतिनिधी नातिवावु धिताल, गैर सरकारी सँस्था महासँघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सापकोटा र एनसी नेपालका जिल्ला अध्यक्ष हर्क तामाङले मानवअधिकार उलँघन र महिला हिंसाको वर्तमान अबस्थावारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी कृष्णगोपाल तामाङले यस्ता अभियानहरु अभियानमा सिमित नभएर उपलब्धीमूलक हुनुपर्नेमा जोड दिनुभयो । तामाङले ...
