कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश
नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन २०७४ मा बाह्रबिसे नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित बमबहादुर तामाङ नेकपा एमाले मा प्रवेश गर्नुभएकाे छ । एमाले विभाजनपछि समाजवादीमा गएका जनप्रतिनिधि बाहेक सिन्धुपाल्चोकमा निर्वाचित जनप्रतिनिधि नै अर्को पार्टी मा प्रवेश गरेको यो पहिलो घटना हो । एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल लगायत एमाले नेताहरुले वडा अध्यक्ष तामाङ सहित कांग्रेस कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएका थिए ।सत्तरी उपनामले समेत बाह्रबिसे क्षेत्रमा चर्चित काग्रेस स्थानीय नेता समेत रहेका वडा अध्यक्ष तामाङ २०४० सालदेखि काग्रेस मा कृयाशिल रहजुभएकाे थियाे । माओवादी द्वन्द्वकालमा कांग्रेस भएको कारण तामाङलाई माओवादी ले गोलि प्रहार समेत गरेर घाइते बनाएको थियो । पार्टी प्रवेश गर्दै वडा अध्यक्ष त...
