सम्पर्क

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन २०७४ मा बाह्रबिसे नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित बमबहादुर तामाङ नेकपा एमाले मा प्रवेश गर्नुभएकाे छ । एमाले विभाजनपछि समाजवादीमा गएका जनप्रतिनिधि बाहेक सिन्धुपाल्चोकमा निर्वाचित जनप्रतिनिधि नै अर्को पार्टी मा प्रवेश गरेको यो पहिलो घटना हो । एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल लगायत एमाले नेताहरुले वडा अध्यक्ष तामाङ सहित कांग्रेस कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएका थिए ।सत्तरी उपनामले समेत बाह्रबिसे क्षेत्रमा चर्चित काग्रेस स्थानीय नेता समेत रहेका वडा अध्यक्ष तामाङ २०४० सालदेखि काग्रेस मा कृयाशिल रहजुभएकाे थियाे । माओवादी द्वन्द्वकालमा कांग्रेस भएको कारण तामाङलाई माओवादी ले गोलि प्रहार समेत गरेर घाइते बनाएको थियो । पार्टी प्रवेश गर्दै वडा अध्यक्ष तामाङले कांग्रेस सिन्धुपाल्चोकमा कांग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको कार्यशैलीका कारण आफूले पार्टी परित्याग गरेको बताउनुभयाे ।‘मैले सेतो हात्ती लाई ४० बर्स सम्म पालेँ, अब पाल्न नस्क्ने भएँ, तामाङले भन्नुभयाे, ‘कांग्रेस भित्र सेतो हात्तीका कारण अब धेरैले बिद्रोह गर्छन् ।’ कांग्रेस र बस्नेतलाई सुख दु:खमा साथ दिए पनि आफूलाइ सधैं अपमानित गरेको तामनङले बताउनुभयाे । वडा अध्यक्ष तामाङ सहित कांग्रेसका दुई सयबढी नेता कार्यकर्ता एमाले प्रबेश गरेको बाह्रबिसे इन्चार्ज तथा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी उपसचिव सुशीला पाख्रिनले दावी गर्नुभयाे ।