सम्पर्क

आदिवासी जनजाति महिला उत्थान केन्द्रद्धारा ईर्खुमा एक दिने कानुनी सचेतनामुलक कार्यक्रम सम्पन्न

चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ८ ईर्खुमा एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ ईर्खु को आर्थिक सहयोग र आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा एक दिने कानुनी सचेतना कार्यक्रम सोमबार आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता निमा घिमिरेको प्रमुख आतिथ्यता, अतिथि नेपालबार एसोशियसनका अध्यक्ष भुपेन्द्र थिङ्ग तामाङ्ग इर्खु स्वास्थ्य चौकीका इन्चार्ज सविन श्रेष्ठ, श्री इर्खु मा.विका शिक्षक यज्ञ नाथ दंगाल, हेलम्बु एफ एमका स्टेशन म्यानेजर नेम्लिङ्ग लामा, रिन्जिन लामा, सृजना वि.क, लगाएत किशोर किशोरी समुहका संयोजक स्वयमसेवक,अभिभावकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सरकारवादी मुद्दा, व्यक्तिवादी मुद्दा दर्ता प्रकिया, पिडितले पाउने क्षतिपुर्ति प्रकियाबारे जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता निमा घिमिरेबाट प्रशिक्षण गराउनु भएको थियो । त्यसैगरी वालविवाह सम्बन्धि के कस्ता कानुनी प्रावधान छन् भन्ने विषयमाथि नेपालबार एशोसियसनका अध्यक्ष भुपेन्द्र थिङ्ग तामाङ्गले प्रशिक्षण गराउनु भएको थियो । वालविवाह न्यूनिकरण,महिला हिंसा,सरकारवादी मुद्दा दर्ता प्रकियाबारे समुदाय स्तारका जनसमुदायलाई जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष पानमाया तामाङ्गले बताउनु भयो । उक्त कार्यक्रम समापन अध्यक्ष पानमाया तामाङ्गले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कर्मचारी सुप्रिया श्रेष्ठले गर्नु भएको थियो ।