सम्पर्क

हेलम्बुका युबाहरु नेकपा(एमाले) प्रबेश

सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका एक दर्जन युबाहरु रामचन्द्र कालिराजको नेतृत्वमा बिभिन्न पार्टि परित्याग गरि नेकपा(एमाले) प्रबेश गरेका छन् ।
अन्य प्रबेसिहरुमा बिनोद दर्नाल,राजकुमार बि.क.,दावा लामा,दावा दोर्जे लामा लगायत रहेका छन ।

आफुहरु संलग्न नेपाली कांग्रेस र नेकपा(माओवादी )ले हेलम्बु गाउँपालिकामा बिकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको र राष्ट्रघाती एमसिसि सम्धि संसदबाट अनुमोदन गराएकोले आफुहरु राष्ट्रबादि नेता कमरेड केपि ओलिले नेतृत्व गर्नु भएकोको पार्टि नेकपा(एमाले) प्रबेश गरेको नव प्रबेसिहरुले बताए ।

सो प्रबेश कार्यको संयोजन नेकपा(एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटि सचिबालय एबम हेलम्बु गाउँपालिका सह ईन्चार्ज दावा लामा ह्योल्मोले गर्नु भएको थियो । बौद्धमा भएको सो पार्टि प्रबेश कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटि सचिबालय सदस्य एबम हेलम्बु इन्चार्ज फुर्पा लामा ह्योल्मो र जिल्ला कमिटि सचिबालय सदस्य एबम प्रदेश सभा निर्बाचन समन्वय २(ख) का संयोजक अर्जुन कुमार भण्डारीको समेत उपस्थिति रहेको नेकपा(एमाले) हेलम्बु वडा नम्बर २ वडा कमिटिका अध्यक्ष दिपक सुनारले बताउनुभयो