मुलपानी मैदानमा जारी पाँचपोखरी टि२० जिल्ला स्तरियप्रतियोगिता फाइनलमा पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टिम खेल्नेभएका छन ।
पाँचपोखरीले पहिलो सेमिफाइनल खेलमा चौतारासाँगाचोकगढी नगरपालिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । अर्कोसेमिफाइनलमा पाँचपोखरी भोताङ क्रिकेट टिमले सानु सिरुवारीलाई ७० रनलेहराउँदै फाइनलमा स्थान बनाएको छ । प्रतियोगितामा ७ टिम सहभागि थिए । फाईनल खेलआज हुने छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोकजिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजनागरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा ‘जितबहादुरखड्का स्मृति पाँचपोखरी सुपर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करणसफलतापूर्वक सम्पन्न गरिसकेको छ ।विश्वमै देखिएको कोरोना महामारीका कारण चौथोसंस्करण स्थगित भएकोमा सो प्रतियोगितालाई प्रोत्साहन गर्न पाँचपोखरी थाङ्पालगाउँपालिकाका ८ वटै वडामा क्रिकेट खेलकूद सामग्री वितरण गरिएको छ । प्रतियोगितालाई निरन्तरता दिँदै चौथो संस्करणका रुपमाप्रतियोगितालाई समय सापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम रफर्म्याट परिवर्तन गरी पाँचपोखरी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजनागरिएकोे लामाले बताउनुभयो । विगतका वर्षहरुमा पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नैसञ्चालन भइरहेको उक्त प्रतियोगितालाई काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामागरिएकोे खेलकूद विकास समितिले जानकारी दिएको छ ।विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँप्राप्त गर्नेछन् ।
