सन्तोष सिग्देल


हेलम्बुबाट काठमाण्डौ जाँदै गरेको बा प्र .०१ – ००६ ख २८६९ नम्बरको आईचर गाडी काठमाण्डौको चाँपाबोटमा दुर्घटना भएको आज बिहान ५ बजे सो आईचर दुर्घटना भएको हो ।
दुर्घटनामा परि सवारी धनी भोटेचौरका श्रीराम चौलागाई घाईते भएका छन । घाईतेलाई उपचारको लागि काठमाण्डौ लगिएको छ । घाईते भएका चौलागाईको घुँडामा घाउ लागेको र पिसाव बाट रगत आएको चालक श्याम प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
गाडी रोडबाट करिव ५० मिटर तल जंगलमा खसेको प्रहरी जवान राम पुकार चौधरीले जानकारी दिनुभयो । प्रहरीका अनुसार गाडी हेलम्बुबाट काठ बोकेर काठमाण्डौ जाँदै गरेको थियो ।
’गाडी चलाएको २,३ दिन भयो । २,३ दिन देखि निदाउन पनि पाएको थिएन, गाडी कतीबेला खस्यो पत्तै भएन’, चालक श्याम प्रसाद चौलागाईले भन्नुभयो । ’सवारी धनी श्रीराम चौलागाई र म संगै थियौँ गाडीमा , उहाँलाई चोट लागेछ उहाँ अहिले अस्पतालमा हुनुहुन्छ’, उहाँले भन्नुभयो ।
