सिन्धुपाल्चोक मालपोतले मनायो लिखत पारितको शतबाार्षिकी
रुपक पुरी
मालपोत कार्यालय सिन्धुपाल्चोकले लिखत पारितको शतबार्षिकीको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । मालपोत कार्यालयले आफ्ना गतिविधि सेवाग्राही समक्ष पु¥याउन उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सहजिकरण गर्दै मालपोत कार्यालय सिन्धुपाल्चोककका मलपोत अधिकृत विमल गुरुङले जग्गा प्रशासनमा लिखित राजेष्ट्रशन पारित भएको १०० वर्ष पुरा भएको अवसरमा सुधारका कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो । नेपालमा भूमि व्यवस्था निकै पुरानो रहेको बताउदै समय र आवश्यकता अनुसार मालपोत कार्यालयहरु परिवर्तन हुर्दै गएको उहाँले बताउनुभयो । उहाँले जग्गालाई व्यवस्थीत बनाउन र जग्गाको विवरण पारदर्शी बनाउन विभागले धेरै प्रयासहरु गरी नयाँ नयाँ कार्यक्रमहरु लागु गरेको बताउनुभयो ।प्रमु...
