सम्पर्क

ब्रेकिङ न्युज १

भोलि बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुन्छ ः कार्की

ब्रेकिङ न्युज १, समाचार
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति सोमबार घोषणा हुने बताउनुभएको छ । सरकार निर्वाचनको मिति तोक्न आलटाल गरेको भन्दै आलोचना भइरहेको बेला कार्कीले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताउनुभएको हो । निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरेको हो कि भन्ने शंका उत्पन्न भएको बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । ‘भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छ’ मन्त्री कार्कीले भन्नुभयो,’अहिले मिति घोषणाको सम्बन्धमा जुन किसिमको कुरा गरिदैँछ यसमा कुनै किसिमको शँकामा नरहन म सबैमा आग्रह गर्दछु ।’ निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिनुभयो । आयोगले सिफारिस गरेको एकसाता भईसक्दा पनि मिति घोषणा नगरेपछि सरकारले आ...

काँग्रेस क्षेत्रिय सभापतीद्धारा ह्विलचियर प्रदान

ब्रेकिङ न्युज १, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती बालकृष्ण बस्नेतले अपाँगता भएका ब्यक्तिहरुलाई ह्विलचियर र खाद्यान्न सहयोग गर्नुभएको छ । बाह«विसे नगरपालिका वडा नं. ७ घुम्थाङ राक्से गाउँमा रहेका बिकुलाल तामाङ र अर्जुन थापालाई क्षेत्रिय सभापति बस्नेतले वस्नेत उक्त सहयोग गर्नुभएको हो । दुवै अपाँगता भएका ब्यक्तिहरुको सपना ह्विलचियरमा बस्ने भएको थाहा पाएपछी बस्नेतले उक्त सहयोग गर्नुभएको हो । ह्विलचियर र खाद्यान्न सहयोगपछी आफ्नो भनाई राख्दै क्षेत्रिय सभापति बस्नेतले जनताको हरदुखमा मलम पट्टी लगाउन काँग्रेस सदैब लागिपरेको बताउनुभयो ।...

स्थानीय तहको चुनावको मिति केही दिनमै घोषणा हुने

ब्रेकिङ न्युज १, समाचार
सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । तर आवश्यक तयारी नपुगेकाले अस्ति बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न नसकेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सरकारले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठले अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले तोकिएकै समयमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गर्छ । यसअघि आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो । सरकारले स्थानीय तहको चु...

जनताको घरदैलोमा मद्धत नेपालको निशुल्क स्वास्थ्य शिविर

ब्रेकिङ न्युज १, स्वास्थ्य
जनताको घरदैलोमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्यका साथ मद्धत नेपालको सहयोग र नेपाली काँग्रेस सिन्धुपाल्चोकका सचिव झलक नेपालको पहलमा चौतारा नगरपालिकाको सवै वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आज चौतारा साँगाचोकगडी नगरपालिका वडा न.२ सविक बतासे भोटेफुल्पिङ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय ५० ले सेवा लिएको जिल्ला सचिव नेपालले जानकारी दिनुभयो । सचिव नेपालले अत्यासलाग्दो चिसो, भारी वर्षा र हिमपातको प्रवाह नगरी जनताको सेवा घरदैलोमै गई जनताको स्वास्थ्य उपचारमा खटिनु हुने डा. टाशी शेर्पा लगायतको स्वास्थ्यकर्मी टिमको कामले आफुहरु सधै ऋणी रहको बताउनुभयो । बृद्ध, बालवालिका , असहाय लगायतका उपचारका लागी गाउँ पसेको मद्धत नेपालले हालसम्म एक हजार ४ सयको निशुल्क उपचार गरिसकेको छ । ग्रामिण भेगका दुःखी ,पिडीत कोभिडलाई लक्षित गरी सानो रोग लाग्दा पनि अस्पतालबाट बञ्...

हिमपातले जनजिवन कष्टकर

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको उच्च हिमाली भू—भागमा भारीमात्रामा हिमपात हुँदा जनजिवन कष्टकर बनेको छ । बिहिवारदेखी लगातार पानीले हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै उच्च हिमालय क्षेत्र पाँचपोखरी, ओखरेनी, हेलम्बु, मुडेमा हिमपातले जनजिवन प्रभावित भएको छ । चिसो बढेसँगै जिल्लाका स्थानियबासी घरबाहिर निस्कन सकेका छैनन् भने कृषकहरु भने हिमपात र वर्षा भएपछि अन्नबालि सप्रेन भो भन्दै खुसी भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङ सहित सो गाउँपालिकाका अधिकाँश उच्च क्षेत्र हिउँले ढाकिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणाली...

आज दिउँसो देशभर असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

ब्रेकिङ न्युज १, समाचार
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।...

माघ २७ गतेदेखि बलेफी हाइड्रोले पहिलो चरणको आईपिओ निष्काशन गर्ने

बिजनेस, ब्रेकिङ न्युज १
बलेफी हाइड्रोले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ गाबिस)का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन हुने छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । आईपिओमा छिटोमा फागुन १२ गतेसम्म र सो अवधिसम्म पर्...

चीनको असहयोगले चिनियाँ सामान भारत हुँदै आयात

बिजनेस, ब्रेकिङ न्युज १
चीनले सहज रुपमा सामान आयात गर्न सहयोग नगरेपछि व्यापारीले चीनबाट भारत हुँदै सामान ल्याउन थालेका छन् । चिनियाँ अधिकारीका कारण केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्न कठिन भएको बताइएको छ । ‘चीनबाट भारत हुँदै जहाजबाट सामान ल्याउन ४०/४२ दिन लाग्छ । तातोपानी र केरुङबाट बिना कुनै अवरोध ल्याइए २०/२२  दिनभित्र सामान नेपाल आइपुग्छ । व्यापारीहरू भारत हुँदै सामान आयात गर्न बाध्य छन्,’ डेनमार्कका पूर्वराजदूत विजयकान्त कर्णले भन्नुभयो । उहाँले यसलाई चीनले गरेको आर्थिक नाकाबन्दीको संज्ञा दिनुभएको छ । ट्रेड प्रोटोकल अनुसार भूपरिवेष्ठित देशका लागि कुनै पनि देशले समुद्रसम्मको बाटो उपलब्ध गराउनुपर्छ । तर, चीनले प्रोटोकल उल्लँघन गरिरहेको भन्दै उहाँले पछिल्लो समय दुई–तीन ट्रक मात्र नेपाल भित्रिने गरेको बताउनुभयो । तर, अहिले चीनले नेपाली जनताको सहज पहुँचमा बाधा पुर्याएको छ, भने चीनको यो गतिविधिले चीनको अति...

आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने

ब्रेकिङ न्युज १, समाचार
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ । प्रदेश नं १, बागमती, गण्डकी, मधेस प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना छ । बिहीबार प्रदेश नं १, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहा...

सिप सिकेपछी चुपलागेर बस्नुभन्दा सिपै नसिक्नु उचित— अध्यक्ष श्रेष्ठ

बिजनेस, ब्रेकिङ न्युज १
सिप सिकेपछी चुपलागेर बस्नुभन्दा सिपै नसिक्नु उचित हुने हुँदा सिक्नेले अरुलाई पनि सिकाउनपर्ने चौतारा साँगाचोकगढी नगरपालिका —१४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भएको छ । उहाँले बज्रयोगिनि अपाँगमैत्री सहकारि सँस्थाद्वारा डडुवामा सञ्चालन गरेको साबुन बनाउने तालिमको समापन कार्यक्रममको उद्धघाटन गर्दै सो कुरा बताउनु भएको हो । सपाँगले गरेको धेरै कार्यक्रमभन्दा अपाँगले गरेको एउटै काम एतिहासिक भएको बताउदै अध्यक्ष श्रेष्ठले चौतारा साँगाभोकगढी नगरपालिका वडा नं. १४ डडुवामा रहेको बज्रयोगिनी अपाँग मैत्री सहकारी सँस्थाले साबुन बनाउँने र सिन्के धुप बनाउँने तालिम दिएर नौलो काम गरेकोमा सहकारिलाई विशेष धन्यबाद दिनुभयो । अरु सहकारीभन्दा बज्रयोगिनी सहकारीले गरेका कामहरुको बारेमा प्रशँम्सा गर्दै अध्यक्ष श्रेष्ठले डडुवामा साबुन र धुप बनाउने तालिम दिन सहकारिले खेलेको भुमिकाका बारेमा चर्चा गर्दै आगामि दि...