सम्पर्क

ब्रेकिङ न्युज १

दुई स्थानिय तहको साझेदारीमा सामुदायिक भवन निर्माण हुने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र नुवाकोटको शिवपुरी गाउँपालिकाको साझेदारीमा सामुदायिक भवन निर्माण हुने भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर १ र मेलम्ची नगरपालिका वडा नम्बर ४ को सिमाना चिप्लिङमा सामुदायिक भवन निर्माण हुने भएको हो । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल ,शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल ,शिक्षा शाखा प्रमुख रवि शर्मा , लेखा अधिकृत मुरारी पुडासैनी ,योजना शाखा प्रमुख राम कुमार केसि ,इन्जिनियर जित बहादुर कार्की र शिवपुरिको वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्रराज खत्री , निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद न्यौपाने ,लेखापाल लगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा भएको बैंठकबाट भवन निर्माण हुने निश्चित भएको हो । मेलम्चीको ५ शिवपुरीको २ लाख ५० हजार र उपभोक्ता समुहबाट ४ लाख गरि ११ लाख ५० हजार रुपै...

श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

ब्रेकिङ न्युज १, समाचार
श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दाउरा चिर्ने बिषयमा विबादका कारण जिवनले श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको हो । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

#, ब्रेकिङ न्युज १, मनोरन्जन
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मनुभएका लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । उहाँले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनुभएको थियो । उहाँका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उहाँले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।  ...

भोटेकोशीलाई पूर्ण कोभिड खोप पालिका घोषणा गरिने

ब्रेकिङ न्युज १, स्वास्थ्य
भोटेकोशी गाउँपालिकालाई पूर्ण कोभिड खोप पालिका घोषणा गरिने भएको छ । मँगलबार गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष दावुटी शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको उपस्थितिमा स्वास्थ्य सँस्थाको मासिक वैठक बसी नेपाल सरकारको नियमअनुसार कोभिड खोप लगाउन बाँकी रहेका सम्पूर्णलाई घुम्ती कोभिड खोप सञ्चालन गर्न सबैले आफ्नो ठाउँवाट पहल गर्ने कुराको सहमती भएको स्वास्थ्य सँयोजक भुपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी टुकी सँघ सुनकोशीको सुआहारा कार्यक्रममा विष्णुप्रसाद नेपालले विद्यालयमा आईरन चक्की नियमित र महिला स्वास्थ्य स्वयमसेविका खोज पड्ताल सम्बन्धी अभिमुखीकरण र पोषण कार्डबारे जानकारी गराउनु भएको थियो ।...

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

ब्रेकिङ न्युज १, स्वास्थ्य
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतद्धारा प्रदान गरिएको स्वास्थ्य सामग्री मँगलबार जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ । चौतारा अस्पताल सँचालन तथा ब्यवस्थापन समितिको अध्यक्ष टँक कार्कीले अक्सीजन कन्सेटेटर १ वटा सहित माक्स एक कार्यक्रमका विच डा. करुणा वर्जाचार्यलाई हरुतान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले सामग्रीको संख्या भन्दा यसको सन्देश महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले विशेष समय र परिस्थितिमा एकअर्काको लागि हातेमालो हुनुले चुनौती सामना गर्न सबै क्षेत्र सँगसँगै रहेको सन्देश प्रवाह भएको भनाई राख्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बस्नेतलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । स्वास्थ्य सामग्री बुझ्दै डा. वर्जाचार्यले सहयोगदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ क...

नेता बस्नेत द्धारा स्वास्थ्य सामाग्री बितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा अस्पताललाइ कन्सेन्ट्रेटर अक्सजिनको सामाग्री सहित जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यलय र शसस्त्र प्रहरी कार्यालय लगायत इन्द्रावती गाँउपालीकाका सबै वडा ,तथा चौतारा साँगाचोकगढी नगरपालिका सबै वडाहरुलाइ माक्स तथा सिटामोल लगायत स्वास्थ्य सामाग्रीहरु बितरण गर्नु भएको छ । चौतारामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघलाइ समेत स्वास्थ्य सामाग्री हस्तानन्तरण गर्नुभएको हो । पत्रकार महासंघका कमला पाख्रीनले उक्त सामाग्री लिनु भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्ब मन्त्री बस्नेतले मानिस स्वास्थ्य रहे मात्र देशको बिकास हुने भन्दै आफु अशक्त हुँदा पनी आफु भन्दा न्युन आय भएका नागरिकहरुलाई स्वास्थ्य समाग्रीको चरम अभाव भएपछि बैशाखीका भरमा हरेक गाँउ गाउँमा गएर स्वास्...

राससद्धारा सिन्धुपाल्चोकका पत्रकार सुवेदीलाई पुरस्कृत सहिद सम्मान गर्ने

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस) ले सिन्धुपाल्चोकका पत्रकार देवराज सुवेदीलाई पुरस्कार सहित सम्मान गर्ने भएको छ । राष्ट्रिय समाचार समिति (रासस) ले ६१औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरेसंगै सुवेदी सम्मानित हुने हुनुभएको हो । रासस सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँहरुलाई ती पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बागमती प्रदेश बाट सुवेदी सङै पुरस्कृत हुने स्थानीय समाचारदाताहरुमा प्रदेश नं १ बाट दिलकुमार लिम्बू, (फुङलिङ, ताप्लेजुङ), मधेश प्रदेशबाट अजयकुमार साह, (धनुषा), गण्डकी प्रदेशबाट तारानाथ आचार्य (बलेवा, बागलुङ), लुम्बिनी प्रदेशबाट सुशीला रेग्मी, (रामपुर, पाल्पा), कर्णाली प्रदेशबाट मिमबहादुर रावल (कालीकोट) र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह...

द्विबिधा नलिनु, जनताको सेवामा समर्पित छु ः वंशलाल तामाङ

ब्रेकिङ न्युज १, समाचार
सन्तोष सिग्देल ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नो पुरै जीवन जनतामा समर्पित भएको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहनुभएका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताउनुभएको हो । कुनै समय बिदेशिनु बाध्यता भएको बताउँदै उहाँले बिदेशमा रहँदाको सुख , सुविधा र ग्रिन कार्ड त्यागेर जनताको शेवामा तत्पर रहनको लागि नेपाल आएको उल्लेख गर्नुभएको छ । ’अमेरिकाको ग्रिन कार्ड त्यागेर ईंद्रावती गाउँपालिका प्रमुखको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरी उदाहरणीय काम गरेर मेरो समय जनताको सेवामा समर्पित गरेको छु’, तामाङले भन्नुभयो । पार्टीको जिल्ला संगठनलाई सुदृढ बनाउनको लागि जिल्ला सभापतीमा उम्मेदवारी घोषणा गरिसकेको र संगठनलाई सुदृढ़, संगठित, गतिशील र एकताबद्व बनाउने आफ्नो उद्धेश्य रहेको तामाङले जानकारी दिनुभयो । उहाँले फेसबुकमा लेख्नुभएको छ ः कुनै समय बिदेश...

सिन्धु कांग्रेस सँधै जनताको साथमा छ – पूर्वमन्त्री बस्नेत

ब्रेकिङ न्युज १, स्वास्थ्य
नेत्रबहादुर बस्नेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा जनताको सुख दुःखमा साथ दिने नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको छ । विहिवार मेलम्ची बजारमा स्वास्थ्य सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोरोना महामारीले जनता आक्रान्त भएको बेला आफू बिरामी हुँदासमेत रातदिन खटिरहेको बताउनुभयो । उहाँले मास्क, सिटामोल तथा अन्य केही स्वास्थ्य सामग्री वितरण गर्नुभयो । बस्नेतले भन्नुभयो ‘म गोडामा लागेको चोटका कारण अप्रेसन गरेर यस्तो अवस्थामा भएको तपाइहरु सबैले देख्नुभएकै छ तथापि मेरो ब्यक्तिगत चोटभन्दा यहाँका लाखौं जनताको स्वास्थ्य महत्वपूर्ण कुरा हो, यस्तो आपतको बखतमा सहयोग गर्नु मानवीय कर्म त हुँदै हो कांग्रेस सदैव जनताकै पक्षमा रहेको प्रमाणित गर्नु पनि हो ।‘ कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु विष्णुविक्रम थापा, भोला बोहोरा...

प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको अध्यक्षमा आचार्य सर्वसम्वत

ब्रेकिङ न्युज १, समाचार
प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनले विदुर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा देवराज सुवेदी, सचिवमा सागर खड्का, सह सचिवमा दिपिन ढुंगाना र कोषाध्यक्षमा गोमा खत्री चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुशीलसुवेदी, बिशाल आचार्य, सुनिता लामा र मिङ्मार ग्याल्बो सर्वसम्बतरुपमा चयन हुनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत हुनुभएको छ भने एक पत्रकारलाई सम्मान गरिएको छ । चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशीलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस डटकमका सम्पादक मातृका पौडेलसहित आठ जनालाई पुरस्कृत गरिएको हो । १० हजार १ सय ११ रुपैयाँ राशीबाट उहाँ पुरस्कृत हुनुभएको हो । त्यस्तै सिन्धु चौतारी युवा क्रियाशीलता पत्रकारिता पुरस्कारबाट रेड...