सिन्धु कांग्रेस सँधै जनताको साथमा छ – पूर्वमन्त्री बस्नेत
नेत्रबहादुर बस्नेत
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा जनताको सुख दुःखमा साथ दिने नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।
विहिवार मेलम्ची बजारमा स्वास्थ्य सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोरोना महामारीले जनता आक्रान्त भएको बेला आफू बिरामी हुँदासमेत रातदिन खटिरहेको बताउनुभयो ।
उहाँले मास्क, सिटामोल तथा अन्य केही स्वास्थ्य सामग्री वितरण गर्नुभयो । बस्नेतले भन्नुभयो ‘म गोडामा लागेको चोटका कारण अप्रेसन गरेर यस्तो अवस्थामा भएको तपाइहरु सबैले देख्नुभएकै छ तथापि मेरो ब्यक्तिगत चोटभन्दा यहाँका लाखौं जनताको स्वास्थ्य महत्वपूर्ण कुरा हो, यस्तो आपतको बखतमा सहयोग गर्नु मानवीय कर्म त हुँदै हो कांग्रेस सदैव जनताकै पक्षमा रहेको प्रमाणित गर्नु पनि हो ।‘
कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु विष्णुविक्रम थापा, भोला बोहोरा...
