

भोटेकोशी गाउँपालिकालाई पूर्ण कोभिड खोप पालिका घोषणा गरिने भएको छ ।
मँगलबार गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष दावुटी शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको उपस्थितिमा स्वास्थ्य सँस्थाको मासिक वैठक बसी नेपाल सरकारको नियमअनुसार कोभिड खोप लगाउन बाँकी रहेका सम्पूर्णलाई घुम्ती कोभिड खोप सञ्चालन गर्न सबैले आफ्नो ठाउँवाट पहल गर्ने कुराको सहमती भएको स्वास्थ्य सँयोजक भुपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी टुकी सँघ सुनकोशीको सुआहारा कार्यक्रममा विष्णुप्रसाद नेपालले विद्यालयमा आईरन चक्की नियमित र महिला स्वास्थ्य स्वयमसेविका खोज पड्ताल सम्बन्धी अभिमुखीकरण र पोषण कार्डबारे जानकारी गराउनु भएको थियो ।
