भोटेकोशी गाउँपालिकामा मंगलबार छैठौ अधिकृत केशवराज ढुँगानाको विदाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र लाल श्रेष्ठले बिदाई स्वागत मन्तब्य राख्दै उँहाले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा तपाइँको यात्रा अझ उज्ज्वल र सफल रहोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । गाउँपालिको प्राङ्गणमा भएको कार्यक्रमको सञ्चालन कम्युटर अपरेटर मङगेस कुबँरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने बिदाई कार्यक्रममा खादा तथा माल्यर्पण गरि बिदाई गर्नेमा पुशु सेवा प्रमुख रोहन खतिवडा, महिला बिकास शाखा प्रमुख देवि काफ्ले, न्यायिक शाखाको सम्झना कार्की लगायत पालिकाका कर्मचारीहरुले बिदाई गर्नुभयो । बिदाईको क्रममा आफुले ५८ वर्ष सम्म काम गर्दा आफुले जागिर खाएको जागिर मात्र होईन जागिर खाए बापत घर खर्च पाएका हुँदा इमानदारी पुर्बक काम गरेर सेवा गर्न पर्ने ढुङ्गानाले बताउनुभयो । आफू भोटेकोशीमा रहँदा तितोपनको कहिल्यै अनुभव भएन भन्दै कहि कतै कर्तब्य पालन गर्दा दुख पर्न सक्छ तर त्यस्तो दुख पाएता पनि कर्तव्य पालन गर्न कन्जुस्याई गर्न नहुने बताउनु भयो । बिदाई कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख प्रशासकिय अधिकृत भद्र बहादुर बस्नेतले भोटेकोशि गाउँपालिकामा रहँदा उहाँले हरेक सेवाग्राहिलाई पालिका बाट दिन पर्ने सेवा मा कुनै पनि सेवामा कमि कमजोरि हुन नदिन बिहान बेलुका बिदाको दिन नभनि काम गर्नु भएकोमा प्रशंसा गर्नुभएको थियो । भोटेकोशि गाउपालिकमा आफू आए देखि नै उहाँले आफुलाई कर्तब्य निष्ट बनाउँदै जिम्मेवारि पूरा गर्नु भएकोमा खुशि लागेको बताउनु भयो ।
