महिला उत्थान केन्दको आयोजनामा फ्रिडम किड ब्याग वितरण
आदवासी जनजाति महिला उत्थान केन्द्र संस्थाको आयोजना,फ्रीडम किड ब्यागसँगको समन्वयमा किड ब्याग वितरण र वालविवाह न्युनिकरण सम्बन्धि १ दिने छलफल तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ६ मा बुधबार कार्यक्रम सञ्चालन गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ६ का वडा अध्यक्ष हेम बहादुर तामाङको प्रमुख आतित्यथामा अतिथि वडा सदस्य सन्जिव तामाङ्ग, सुआहारा सहजकर्ता गिता राईमाझी,निर्मला श्रेष्ठ लगाएत प्रगतिशिल किशोर किशोरी समुहका संयोजक तथा किशोरी स्वयमसेवकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वालविवाह यसका असर साथै वालविवाह न्युनिकरण गर्नका लागि समुदाय स्तरमा किशोरी समुहको गठन गरिनुको उद्देश्य र भुमिकाबारे अध्यक्ष पानमाया तामाङ्गबाट जानकारी गराइएको थियो । समुदाय स्तरमा वालविवाह हिंसा न्युनिकरणका लागि युवाको भुमिका महत्व पुर्ण रहने,शैक्षिक गुणस्तर स...
