सम्पर्क

स्वास्थ्य

भोटेकोशी गाँउपालिकामा निशुल्क शिबीर

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकाकाले आफ्ना नागरिकका लागी निशुल्क स्वास्थ्य सेवा दिने भएको छ । पलिकाले माघ ३ र ४गते मार्मीगं स्वास्थ्य कार्यलय मार्फत निशुल्क स्वास्थ्य परिक्षण गर्न लागेको भक्त लामाले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
शिक्षा बिकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिल्लाको माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।       शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बहुमुखी क्याम्पसमा जिल्लाको माध्यामिक तहको प्रध्यानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले शिक्षकले पढाउने कसरी भन्ने ध्यान हुन जरुरी भएको बताउनुभयो । उहाँले जिल्लाकोे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै राम्रो भएकोमा खुशि व्यक्त गर्नु हुँदै प्रजिअ खनालले जिल्लाभित्र संचालित माध्यमिक विद्यालयले हालसम्म गर्दै आएका राम्रा अभ्यासहरुको प्रस्तुतीले थप उर्जा दिएको बताउनुभयो । साथै दीर्घकालिन योजना बनाएर शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढ्नुपर्ने धारणा समेत उँहाले व्यक्त गर्नुभयो । यसैगरी का...

कर्थलीका विद्यार्थीले पाए न्यानो कपडा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे / बाह्रबिसे बाह्रबिसे नगरपालिका वडा नं. २ कर्थलीका विभिन्न विद्यालयका ६०० जना विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार सेतिदेबी आधारभुत विद्यालयमा त्यहाको विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । मंगला देवि जनजागृती आधारभूत विद्यालयका प्रधानाध्यापक बम बहादुर तामाङका अनुसार दुरुमथलीमा Sowers Action द्वारा जाडो र गर्मी मौसमको लागि सम्पूर्ण विद्यार्थीहरुलाई ज्याकेट वितरण हो । कार्यक्रमको प्रमुख अतिथि बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको उपस्थितमा Sowers Action का अध्यक्ष धर्म गुरु पासाङ वाङ्दी शेर्पा ,लगायतका अन्य पदाधिकारीहरुको रोहवरमा न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रम सफल बनाउन समाजसेवी नोर्वु शेर्पा,बाह्रबिसे नगर कार्यपालिका सदस्य दावा पासाङ शेर्पा लगायत को सहयोग थियो । प्रअ तामाङको अनुसार सो विद्यालयका ८२ जना विद्यार्थी ले न्यानो कप...

विद्यार्थीलाई न्यानो कपडा वितरण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बढ्दो चिसोबाट बालबालिकालाई जोगाउने उद्देश्यले सोवरस् एक्सन नेपाल संस्थाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य एवंम नेपाली कांग्रेस केन्द्रिय सदस्य माननिय संसद मोहन बहादुर बस्नेत र बाह्रविसे नगरपालीका प्रमुख बालकृष्ण बस्नेतको पहलमा बाह्रविसे नगरपालीका वडा नं २ नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिएको हो । बिहिबार एक समारोहबिच गरिएको न्यानोकपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मोहन बहादुर बस्नेतले जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने बताउनुभयो । विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पूर्वाधार विकासका लागि सघाउने प्रतिबद्धता समेत जनाउनुभयो । जाडोयाममा विद्यार्थिलाई न्यानो कपडा नहुदा विद्यलयमा उपस्थित हुन मुस्किल भएको हुँदा पठनपाठनमा असर परेको हुँ...

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो नक्सालमा

बिजनेस, बिदेश, समाचार, स्वास्थ्य
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ । नक्साल स्थित मेरियोट होटलमा आयोजित भव्य घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्ने जनाएको गरेको छ । १८ बर्ष माथिका व्यक्तिले यस प्रतियोगिताको लागि आवेदन दिन सक्छन् । यी शोहरुमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्छन् ।फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले “हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो भन्नु भएको छ । उँहाका अनुसार यो ...

लैङ्गिक हिंसा न्युनकरण सम्बन्धी कार्यक्रम डडुवामा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सगुन बस्नेत, नेपालको संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार तथा कानूनले महिलालाई परिवार सञ्चालन देखि राज्य सञ्चालनसम्मका हरेक तहमा समान अवसर, समानता, सहभागिता, प्रतिनिधित्व र अपनत्वको सुनिश्चित गरेको छ । यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक‚ छुवाछुत जस्ता महिलाद्वेषी प्रथा‚ परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य रहेको पाइन्छ ।       लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय‚ सामाजिक संघ–संस्था‚ नागरिक समाज तथा महिला अधिकारकर्मीहरूलाई यस सन् १९८१ मा ल्याटिन अमेरिकाको डोमिनिकल गणराज्यबाट शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानले अन्तराष्ट्रियस्तरमा तीन दशक पार गरिसकेको छ भने नेपालमा सन् १९९७ देखि सञ्चालन हुदै आएको छ । नेपालमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मिति २०७९÷८÷०९ देखि २०७९÷...

जेष्ठ तथा असक्त नागरिकलाई ज्याकेट

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
मुलुकभर चिसो बढेर नागरिकहरु प्रभावित हुँदै गर्दा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ का ज्येष्ठ तथा असक्त असहाय नागरिकहरुलाई ज्याकेट वितरण गरिएको छ । नेकपा एमाले बलेफी–६ नंम्वर वडा कमिटिको आयोजना र समाज सेवी तथा नेकपा एमालेका नेता भरत पराजुलीको ब्यवस्थापकीय सहयोगमा ३ सय भन्दा बढि जेष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको हो । ‘जेष्ठ तथा असक्त असहाय नागरिकको सेवा र सहयोगको लागि सबै तयार हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘आमा÷बुवालाई सहयोग गर्नु नै सबै भन्दा ठुलो धर्म हुने हो ।’ जेष्ठ नागरिकको हक हितका लागि नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको भन्दै पराजुलीले आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो । स्थानीय सङ्घ तथा प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद सहित ज्येष्ठ नागरिकलाई सम्मान दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको एमाले बलेफी–६ का वडा कमिटीका अध्यक्ष तेजबहा...

कृषि ज्ञान केन्द्र काभ्रेको सिन्धुपाल्चोकमा कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
कृषि ज्ञान केन्द्र काभ्रेले मङ्गलबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा सार्वजनिकरण तथा सार्वजनिक सुनुवाई गोष्टि कार्यक्रम गरेको छ । जिल्ला सम्मन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा जिसस सभाहलमा भएको कार्यक्रममा ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्क नेपाल, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा चौतारा साँगाचोकगढी नगरपालिकाका उप प्रमुख सीता थापा लगायत सरोकारवालाहरुको विशेष उपस्थिति रहेको थियो । कृषी ज्ञान केन्द्रका प्रमुख तेज प्रसाद दवाडीको सभापतीत्वमा भएको कार्यक्रमको संचालन भने वागवानी बिकास अधिकृत उमेश सनपकोटाले गर्नु भएको थियो । स्वागत मन्तब्य राख्दै कृषि ज्ञान केन्द्रका लेखापाल ईश्वर कुमार पाण्डेले सिन्धुपाल्चोक जिल्ला र काभ्रेपलान्चोक जिल्ला कार्य क्षेत्र रहेको ज्ञान केन्द्रले कृषी उत्पादनमा सहयोग गरिरहेको बताउँनु भयो । कार्यक्रममा कृषी अर्थविज्ञ यो...

न्यानोकपडा मिष्ठान भोजन बितरण गर्दै मनाइयो जेष्ठनागरिकदिवश

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
विसं २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको छ । यस वर्ष पनि ‘हामी सबैको सरोकारः ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइएको समाचार प्राप्त भएको छ । दोश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको हो । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले “‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु ।” भन्नु भए...

विद्यार्थीलाई न्यानो कपडा वितरण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बागमती प्रदेशको सांसद कुमारी तामाङ स्याङतानले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएकोे छ । मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी स्थित श्री साल्मे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टि बाट समानुपातिक सांसद बन्नु भएकी तामाङले मतदातालाई धन्यवाद ज्ञापन गर्नजाने क्रममा विद्यार्थीहरुलाई परम पुज्य धर्मगुरु रिन्पोछे चिनिया लामा भुपती बज्र लामाको सहयोगमा न्यानो कपडा वितरण गर्नुभएको हो । सांसद तामाङले समाजप्रतिको आफ्नो जिम्मेवारी अझै थपिएकाले आगामि दिनमा सशक्त ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।...