जटिल रोगका बिरामीहरुलाई औषधी उपचारका लागि मासिक ५ हजार
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिले दिर्घरोगका बिरामीहरुका लागि औषधी उपचारमा सहयोग गर्ने उदेश्यले मासिक ५ हजार दिन सुरु गरेको छ । नेपाल सरकारले यी चार रोगका बिरामीहरुलाई उपचारमा सहयोग गर्ने उदेश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय सरकारहरुलाई अनुरोध गरेको थियो ।
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ अनुसार सुनकोशी गाउँपालिकाले ३८ जना यो सँग सम्बन्धी बिरामीहरुलाई ६ महिनाको ३० हजारका दरले सम्बन्धीत बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
गाउँपालिकाले उक्त कार्यविधि अनुसार सार्वजनिक सूचना मार्फत सबैलाई निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणीत हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिक...
