खोज र खोप अभियानले तिब्रता पायो अषाढ भित्र रौतहट पुर्ण खोप जिल्ला घोषणा हुदै
प्रेमचन्द्र झा/रौतहट
रोतहट जिल्लामा खोज र खोप अभियानले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म रौतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उदेश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको हो । नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक स्चान भई रहेका छन । स्थानीयको कार्यक्रम हो । सो खोप केन्द्रमा वेलैमा खोप नलिएका छुटेकालाई खोज र खोप दिने अभियान संचालनमा रहेका छन । खोप लिन छटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर घरमा गई दि रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरे प्रसाद यादवले बताउनुभयो । जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताउनुभयो । नियमि...
