आँखाको सुरक्षामा चुनौती बन्दै,बढ्रदै मोतीबिन्दुको समस्या
पछिल्लो समय आँखामा दृष्टिदोष र मोतीबिन्दुको समस्या बढ्दै गएको पाइएको छ । अन्धोपन निवारणमा नेपालले फड्को मारे पनि दृष्टिदोष, मोतीबिन्दु, जलबिन्दु, अल्छी आँखा, नवजात शिशुमा आँखा पाक्ने रोगलगायत आँखामा लाग्ने चोट पटकबाट आँखाको सुरक्षामा चुनौती बन्दै गएको छ । सिन्धुपाल्चोक जिल्लाको सामुदायिक आँखा केन्द्रका आँखा स्वास्थ्य सम्वन्धी नियमित गतिविधि गर्दै आइरहेको केन्द्रको परियोजनाले जिल्लामा ६ हजार ५ सय जनामा मोतिविन्दुको समस्या रहको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जनाएको हो । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा बुधबार सामुदायिक आँखा केन्द्रको बैठकमा यस्तो जानकारी दिइएको हो । कार्यक्रमा तिलगंगा आँखा केन्द्रका नविन राजवंशीले आँखा सम्वन्धी स्वास्थ्य समास्या जिल्लामा बढ्दो अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै तत्काल अप्रेशन गर्नु पर्ने जानकारी दिनुभयो । पछिल्लो समय मधुमेह र रक्तचापका कारण अन्धोपनको स...
