जनैपूर्णिमाको अवसरमा पाँचपोखरी जानेको चहलपहल सुरु
सिन्धुपाल्चोक– जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डेखोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन आग्रह गरे । पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्यमार्ग पहिराको कारण अवरुद्ध भए पनि वैकल्पिक माध्यमबाट त्यहाँ पुग्ने व्यवस्था मिलाइएको छ ।
यस वर्षको जनैपूर्णिमा भदौ १४ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँच वटा पोखरी छन् । अध्यक्ष लामाका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यवसायीमार्फत होटल, लज तथा होमस...
