सम्पर्क

स्वास्थ्य

मेलचौर युवा जागरण समाजको पुरस्कार सुनकोसी की धार्पा लाइ ?

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका मेलचौर खेल मैदानमा भइ रहेको चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामासुनकोसी बी र धार्पा युवा क्लब मध्य एकले११५५५५नगद सहीत चौथो संस्करणको मालिकादेवी कपमा उपाधि पाउँने भएको छ ।तर दुइ मध्य कसले पाउँछ भन्ने बिषयमा चाही फाइनल खेल पछी मात्र जानकारी पाइने छ । मेलचौर युवा जागरण समाजको अयोजनामा भएको खेलमा विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिन लागेको हो । प्रतियोगितामा विभिन्न २१ टोलीले सहभागिता जनाएको जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार यो संस्करणमा पूर्वेली क्लव झापाको राई ब्याइजले समेत भाग लिएको छ ।मेलचौरस्थित दरबारडाँडा मैदानमा शुक्रबार भएका सेमिफाइनलक खेल जित्दै सुनकोसी र धार्पाले उपाधि भिडन्त पक्का गरेका हुन् ।...

तिहार नजीकीदै गर्दा बजार अनुगमन अखाद्य बस्तु नष्ट

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको साहयक प्रजीको रुपमा गणेश नेपालीले कार्यभार सम्हाले लगत्तै उद्योग तथा वाणिज्य कार्यालयमा पनी कार्यलय प्रमुख फेरीएको छ । नँया कार्यलय प्रमुखका रुपमा कार्य बहाली गरे सँगै कार्यालयप्रमुख त्रिपुरारी बख्रेलले बजारमा देखीने अखाद्य बस्तुकै कारण मानीसको स्वास्थ्यमा अशर परीरहेको र कालाबजारीहरुको बिगबिगी हुने गरेको बिशेष गरी उपत्यकामा भन्दा गाँउमा गुणस्तरहिन सामान हरु बिक्रीहुने गरेको हुन सक्ने भएकोले यस तर्फ अनुगमन गरी कार्बही अगाडी बढाउँन लाग्नु भएको छ । यसै सन्धर्भमा बिहीबार मात्रै ११००० भन्दा बढीका सामानहरु नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका मुख्य प्रशिक्षक प्रबिन बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसारसहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको संयोजकत्वमा २०८१कार्तीक ८ गते बसेको जिल्ला बजार अनुगमन समितिको बैठकबाट निर्णय भए बमोजिम सोही दिन उद्योग तथा व...

उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
घोडाघोडी (कैलाली), ५ कात्तिक : गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको । विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला प-यो । डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो । उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन ...

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, २ कात्तिकः ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम हुनुभएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको सो प्रतियोगितामा उहाँले २८ किलोमिटरको दूरी दुई घण्टा २८ मिनेटमा पूरा गर्नुभएको थियो । दुई घण्टा ४९ मा ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा र दुई घण्टा ५८ मा सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङले दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभएको थियो ।यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी दौडमा महिलातर्फ मञ्जु रावतले दुई घण्टा ५२ मिनेटमा पार गर्नुभएको थियो । आज सम्पन्न दौडमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन् । महिलाको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी माया गुरुङले बताउनुभयो । प्रतियोगितामा सिन्धुपाल्चोक मे...

विपद् प्रभावित स्थानीय तहलाई राहत उपलब्ध गराइने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १ कात्तिक : विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ । क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । सिंहदरबारस्थित विपद् प्राधिकरणको कार्यालयमा आज गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले विपद्बाट प्रभावित मुलुकका ७१ स्थानीय तहलाई राहत रकम दिने निर्णय गरेको छ । प्रभावित स्थानीय तहलाई तीन भागका वर्गीकरण गरी राहत रकमस्वरुप प्रत्येक स्थानीय तहलाई रु ५० लाखदेखि रु एक करोडसम्म उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो । त्यसका साथै जिल्ला विपद् व्यवस्थापन समितिमार्...

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको हो । साथै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकाले १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ ।...

चौथो संस्करणको मालिकादेवी कप मेलचौरमा १५५५५५ को तैयारी

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ मेलचौरमा १५५५५५ को राषी पुरस्कार भएको खेलको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने गरी सुरु हुन लागेको फुटबल प्रतियोगिताको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवीकप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको लागि कार्तिक ३ गतेसम्म टिम दर्ता गरिने छ भने ५ गते उद्घाटन सहित खेल सुरु हुने कार्यक्रम रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ मेलचौर खेल मैदानमा हुने प्रतियोगिताको लागि तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियो...

क्षेत्री समाजको कार्यक्रममा भन्डारीले कतारबासीलाई नचाउँनु भयो

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
  दर्शन सुनार ÷ कतार क्षत्री समाज नेपाल,कतार शाखाले आयोजना गरेको बिजया दशमी,शुभ दिपावली साथै छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।समाजले “क्षत्री दिवसको अवसर पारेर महावीर पुनले स्थापना गरेको “राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगार्थ“ गर्ने हेतुले आयोजना गरेको “बृहत् सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकार लोक तथा दोहोरी गायिका सम्झना भन्डारीले कतारबासीलाई छमछमी नचाउनु भयो ।कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहनु भएकी अतिथि कलाकार भन्डारीले “न दशैको टीका न तिहारको माला परदेशमा हुनीलाई“ बोलको गित गाउदै जब स्टेज जानु भयो ,। हलको माहोल तात्यो दर्शकको हुटिङले मन जित्यो । सो अबशरमा गायिका भन्डारीले कतार सम्म आउन समाजले गरेको पहललाई मनै देखि कृतज्ञता व्यक्त गर्दै हलमा उपस्थित सम्पुर्णलाई बिजयादशमीको शुभकामना दिनु भयो । उँहाले तिम्रो मायाले मलाई ...

आश्विन शुक्ल नवमी : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २५ असोज : आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । ...

संस्कृति‘बढम बाबा झिझिरी पर होइयौ ने सहाय: प्राचीन झिझिया नाच कसरी बन्यो मिथिला संस्कृतिको पहिचान

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २४ असोज: झिझिया एक प्राचीन लोकनाच हो जो यतिबेला मिथिला संस्कृतिको पहिचान बन्न पुगेको छ । नेपालदेखि भारतीय मिथिला क्षेत्रमा दसैँको बेला नाचिने झिझिया नाच प्रत्येक वर्ष महोत्वसको रुपमा सञ्चानल हुनथालेपछि यसको लोकप्रियता झनै चुलिएको हो । सांस्कृतिविदहरुले यसलाई तन्त्रविधि अनुसार नाचिने नाच भने पनि वास्तवमा यसबारे कुनै ठोस् प्रमाण उपलब्ध छैन । संस्कृतिविद् एवं साहित्यकार रेवतीरमण लालकाअनुसार झिझिया मिथिला क्षेत्रको सांस्कृतिक लोक नृत्य हो । यो नाच विशेष रूपमा विजयादशमीको समयमा प्रदर्शन गरिन्छ । पूर्वमा उक्त नाचदेवी भवानीप्रति भक्ति अर्पण गर्न तथा आफ्नो परिवार र बालबच्चालाई बोक्सी, कथित कालोजादू तथा नकारात्मक ऊर्जाहरुबाट जोगाउनको लागि गरिन्थ्यो । रङ्गकर्मी, सिनेकलाकार एवं साहित्यकार रमेशरञ्जन भन्नुहुन्छ, “दसैँमा दुर्गाभवानीको प्रतिष्ठान गरिन्थ्यो । प्राचीन कालखण्डमा त्यस्तै कुनै अनुष्...