प्रहरीमाथि आक्रमण गरेपछि लागुऔषध कारोबारीलाई गोली हानेर समातियो
काठमाडौँ, २७ जेठ : काठमाडौँको टोखामा लागुऔषध कारोबारी खोजतलासमा खटिएको प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिइएको छ । काठमाडौँ उपत्यकामा लामो समयदेखि लागुऔषध खैरो हिरोइन कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि खोजतलासका क्रममा आज २ बजे काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित सडकमा दुई जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूसँग सोधपुछ गर्दा अन्य दुई जना कारोबारी ग्राण्डी अस्पताल पछाडि लुकेर बसेको पत्ता लागेपछि प्रहरी टोली उनीहरूलाई नै प्रयोग गरेर ग्राण्डी पुगेको थियो । उनीहरूसँग लागुऔषध रहेको जानकारी पाएपछि ब्यूरोको टोली त्यहाँ दिउँसो ३ः१५ बजे पुगेको थियो । थप दुई जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीलाई फलामको रडले प्रहार गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । सोक्रममा उनी...

