सम्पर्क

पश्चिमी प्रणाली सक्रियः देशभरमौसम बदली, धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भई वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया लबदली छ भने अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ । हाल बागमती, कर्णाली र सुदूरपश्चिमका केही सथानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ । मौसमविद्का अनुसार दिउँसोसम्म वर्षा अझै सक्रिय भई कतिपय स्थानमा मध्यमदेखि भारी वर्षासम्म हुनसक्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ । विभागले विहान १० बजेसम्मको विवरणअनुसार पछिल्लो तीन घण्टामा चितवनदेखि पश्चिमतर्फका ६० भन्दा बढी केन्द्रमा वर्षा भएको जनाएको छ । अछाम, रोल्पा, सुर्खेत, डडेलधुरा, प्युठान र चितवन लगायत जिल्लामा उल्लेखनीय वर्षा मापन गरिएको छ । साथै कालिकोट, डोटी, रुकुम, म्याग्दी, बाग्लुङ, दाङ र अर्घाखाँचीमा पनि हल्का वर्षा भएको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै सथानमा तथा कोशी र बागमती प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चटयाङ, हुरबितास र असिनासहित वर्षा हुने सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने भएकाले आवश्यक सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।