सम्पर्क

#

निर्बार्चनमा शिक्षक तथा कर्मचारीलाइ प्रचार प्रसारमा रोक

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाइ प्रचार प्रसार गर्न रोक लगाएको छ । आचार संहीतामा सम्बैधानीक निकाय,सरकारी अर्ध सरकारी सार्बजनिक सस्थाका कर्मचारी पदाधिकारीहरुले निर्बाचानमा कुनै पनी दलको प्रचार प्रसार गर्न नपाइने उल्लेख गरेको छ । सामुदायक बिद्यालय,सरकाको अनुदानमा सञ्चालीत शैक्षिक सस्था का प्रधानध्यापक शिक्षक तथा बिद्यालयका कर्मचारी हरुले कुनै पनी दल उम्मेद्धारको पक्ष बिपक्षमा प्रचार प्रसार गर्न पाइने छैन । यसका साथै कुनै पनी दलतथा उम्मेद्धारको लागी सभा सम्मेलन तथा प्रचार प्रसार गर्न भवन समेत बिद्यालयले उपलब्ध गराउँन नपाउँने भएको छ । निर्बाचन आचारसंहितामा आयोगले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्...

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

#, ब्रेकिङ न्युज १, मनोरन्जन
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मनुभएका लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । उहाँले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनुभएको थियो । उहाँका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उहाँले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।  ...

टेवा संस्थाको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री सहयोग

#, स्वास्थ्य
टेवा संस्थाको आर्थिक सहयोगमा आदिवासी जनजाति महिला उत्थान केन्द्रको समन्वयमा कोभिड स्वास्थ्य सामग्री वितरण गरिएकोछ । यहि फाल्गुण ४ गतेका दिन सिन्धुपाल्चोक जिल्ला स्वास्थ्य ,इर्खु स्वास्थ्य चौकी, स्याउले स्वास्थ्य चौकी,साँगाचोक स्वास्थ्यचौकी,बतासे स्वास्थ्य चौकीहरुमा कोभिड १९ न्यूनिकरणका लागि फेसमाक्ससर्जिकल गोल्वस, ह्याड्वास लगायत स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्यका प्रमुख राजाराम कार्की र आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गबाट हस्तान्तरण गरिएको थियो ।...

मेलम्चीको इन्द्रेश्वरी मावि ४८औं वर्षमा

#, समाचार
मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयले ओमिक्रोन भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अन्र्तक्रिया कार्यक्रम गरि ४८ औं वार्षिकोत्सव आईतबार मनाएको छ । अन्र्तक्रिया कार्यक्रममा उठेका विभिन्न प्रश्न तथा जिज्ञासाको पूर्व प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठ, वडा अध्यक्ष रुद्र प्रसाद दुलाल लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका शिक्षा शाखाका अधिकृत सुधिनराज बुढाथोकिले शिक्षा क्षेत्रका नितिगत कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अन्य बक्ताहरुले आधारभुत तहमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्नुपर्नेमा जोड दिएका थिए । इन्द्रमणि दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।...

होटल ब्यवसाय चलाउन सहज छैन —रामचन्द्र नेपाल , होटल ब्यवसायी

#, अन्तर्वाता, ब्रेकिङ न्युज १, समाचार
2078-0 चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५का नारायण दत्त नेपाल र हर्क कुमारी नेपालको कोखबाट २०३२ साल साउन ५ गते जन्मनुभएका रामचन्द्र नेपालले १ लाख लगानी गरेर २०६४ सालमा सुरु भएको आरसी होटल अहिले चौताराको चलेको होटलमा पर्दछ । होटल ब्यवसायबाटै चौतारामा घर समेत बनाउनुभएका नेपालसँग लोकप्रिय समाचार दैनिकका समाचारदाता करिस्मा लम्सालले गरेको छोटो भलाकुसारी — १. तपाईहरुले होटल ब्यवसायमा लागेर के सफलता पाउनुभयो ? हामी यो होटल ब्यवसाय श्रीमान ,श्रीमती मिलेर सञ्चालन गर्छौ । यो ब्यवसाय सञ्चालन गरेर चौतारा सदरमुकाममा २५ लाखको घर बनाउन सफल भएका छौ । २ छोरी र एक छोरालाई राम्रो शिक्षा दिन सकिएको छ । यो पेशा गरेर सफलतानै मिलेको छ । २.यस क्षेत्रमा काम गर्दा कतिको सहजता पाउनु भएको छ ? यो ब्यवसाय गर्न तेती सहज त हुँदैन अन्य कामजस्तो । कहीलेकाँही भिडभाड हुन्छ । खाना , खाजा बनाउन पर्छ त्यती सजिलो त छै...