सम्पर्क

एमाले माओबादी बिच झडप देषी माथी कार्बहीको माग

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार शुक्रबार निर्बचन प्रसार प्रचारका क्रममा झडप भएको जनाइएको छ । इन्द्रावती गाँउपालीका –१० झोलुङ्गे माझी बस्तीमा झडप भएको नेकपा माओवादी केन्द्र को इन्द्रावती गाउँपालिका कमिटीले निकालेको विज्ञप्तिमा जनाइएको छ ।बिज्ञेप्तीमा झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार विनोद आचार्यसहित केही घाइते भएका जनाइएको छ । नेकपा (माओवादी केन्द्र), इन्द्रावती गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार बिनोद आचार्य, अन्य सदस्यहरु र कार्यकताहरु माथि भौतिक आक्रमण भएको नेकपा (माओवादी केन्द्र), इन्द्रावती गाउँपालिका द्वारा जारि गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।झडप हुँदा माओवादि कर्याकर्ता राजु दङ्गालको टाउकोमा गहिरो चोट लागेको र उपचारको लागि काठमाडौ लगिएको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) का गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाका अध्यक्ष, सदस्यहरु सहितको टोली चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानमा थिए ।

साथै, कुनै पनि दलले मत माग्ने संवैधानिक हक विपरितको निन्दनीय कार्य गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, इन्द्रावती गाउँपालिका पार्टी समितीले दोषीलाई तत्काल कानुनी कारबाहीको माग गरेको छ ।