चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५का नारायण दत्त नेपाल र हर्क कुमारी नेपालको कोखबाट २०३२ साल साउन ५ गते जन्मनुभएका रामचन्द्र नेपालले १ लाख लगानी गरेर २०६४ सालमा सुरु भएको आरसी होटल अहिले चौताराको चलेको होटलमा पर्दछ । होटल ब्यवसायबाटै चौतारामा घर समेत बनाउनुभएका नेपालसँग लोकप्रिय समाचार दैनिकका समाचारदाता करिस्मा लम्सालले गरेको छोटो भलाकुसारी —
१. तपाईहरुले होटल ब्यवसायमा लागेर के सफलता पाउनुभयो ?
हामी यो होटल ब्यवसाय श्रीमान ,श्रीमती मिलेर सञ्चालन गर्छौ । यो ब्यवसाय सञ्चालन गरेर चौतारा सदरमुकाममा २५ लाखको घर बनाउन सफल भएका छौ । २ छोरी र एक छोरालाई राम्रो शिक्षा दिन सकिएको छ । यो पेशा गरेर सफलतानै मिलेको छ ।
२.यस क्षेत्रमा काम गर्दा कतिको सहजता पाउनु भएको छ ?
यो ब्यवसाय गर्न तेती सहज त हुँदैन अन्य कामजस्तो । कहीलेकाँही भिडभाड हुन्छ । खाना , खाजा बनाउन पर्छ त्यती सजिलो त छैन तरपनि हामी श्रीमान श्रीमती मिलेर गर्ने भएकाले सहज बनाएका छौँ ।
३. तपाईको ब्यवसायलाई कोरोनाले कतिको प्रभाव पारेको छ ?
कोरोना भाईरसले गर्दा भएको लकडाउनले गर्दा होटल ब्यवसाय नै धरासायी भएको छ । लकडाउन अवधिभर मात्रै ५ लाख घाटा ब्यहोर्नुपरेको छ । तेत्रो लामो समय ब्यवसाय बन्द गर्नु पर्यो । यसले ब्यवसायीहरु मारमा परियो ।
४. महामारीको अबस्थामा कसरी सेवा दिईरहनुभएको छ ?
अहिले कोरोना महामारीमा भौतिक दुरी कायम गरेर , माक्स, सेनिटाईजर प्रयोग गरेर ब्यवसाय चलाईरहेको छु । धेरै भिडभाँड नगरी सामाजीक दुरी कायम गरेर ब्यवसाय सञ्चालन गरिरहेको छु । भौतिक दुरीको कायम राखेर ब्यवसाय सञ्चालन गरिरहेका छौँ ।
५. यो ब्यवसायबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
यो ब्यवसायबाट मसन्तुष्ट नै छु । परिवारलाई खुसी राख्न सकेको छु । छोराछोरीको ईच्छा चाहना पुरा गर्न सकेको छु । त्यसैले यो ब्यवसाय गर्दा म सन्तुष्ट छु ।
६ . अन्त्यमा के भन्न चाहनुहुन्छ ?
लोकप्रियले हाम्रा कुरापनी सञ्चारमाध्यममा राख्ने अवसर दिएकोमा धन्यवाद ब्यक्त गर्न चतहन्छु । र ब्यवसायी मारमा पर्नेगरी लकडाउन नगरीदिनुहुन सम्बन्धित निकायलाई यसै सञ्चार माध्यमबाट आग्रह पनी गर्दछु ।
