चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा २०२६ साल असार १२ गते जन्मनुभएका विरेन्द्र हिमालयले पूर्व अरनिको यातायातमा टिकट बुकिङ काउन्टरमा काम गर्न थालेको २२ वर्ष वितिसक्यो । टिकट काउन्टरमा काम गरेर सबैलाई राम्रो सेवा दिन पाउँदा खुसी लागेको उहाँ बताउनुहुन्छ । सवैसँग राम्रो ब्यवहार गर्ने हिमालय सवै यात्रुहरुसँग मिठो बोल्नुहुन्छ । उनै हिमालयसँग लोकप्रिय समाचार दैनिकका समाचारदाता करिस्मा लम्सालले गरेको सँक्षिप्त भलाकुसारी —
१. टिकट काउन्टरमा काम गर्दा कतिको सन्तुष्ट हुनुहुन्छ ?
यो काम गरेर छोराछोरीलाई राम्रो शिक्षा दिएको छु । परिवारलाई खुसी र सुखी राख्न सकेको छु । यो पेशा गरेर सफलतानै मिलेको छ । त्यसैले सन्तुष्ट नै छु ।
२.यस क्षेत्रमा काम गर्दा कतिको सहजता पाउनु भएको छ ?
यो ब्यवसाय गर्न तेती सहज त हुँदैन अन्य कामजस्तो । तर पनि आफुले लगाब देखाएर गर्नसके जुनसुकै काम पन िसहज तरिकाले सम्पन्न गर्न सकिन्छ ।
३. यातायात ब्यवसायलाई कोरोनाले कतिको प्रभाव पारेको छ ?
कोरोना संक्रमणको दोस्रो लहरपछि खुलेको सार्वजनिक यातायातका साधानले यात्रु पाउन सकेका छैनन् । संक्रमणको जाखिमका कारण यात्रुको आवतजावत कम भएपछि सार्वजनिक सवारीसाधनले छोटो तथा लामो दूरीका यात्रु पाउन सकिरहेका छैनन्् । कोरोना महामारीको प्रत्यक्ष असर यातायात व्यवसायीलाई परेको छ । पहिलो र दोस्रो लहरको संक्रमणका बेला जारी गरिएको लकडाउन तथा निषेधाज्ञाले व्यवसाय ठप्प हुँदा व्यवसायी मारमा परेका छन् । पछिल्लो समय सरकारले सार्वजनिक सवारीसाधन चलाउन दिने निर्णयसँगै यातायात सञ्चालनमा आए पनि यात्रु नै छैनन् । यातायात नचल्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएकाले सरकारले न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउनुपर्छ । ‘लामो समयदेखि थन्किएका सवारीसाधनमा खिया लाग्न थालेको छ, मर्मत नगरी चलाउन सकिने अवस्था छैन,’ ब्यवसायीहरुलाई ‘बैंकको किस्ता तिर्न पनि मुश्किल भइरहेको छ ।’
४. महामारीको अबस्थामा कसरी सेवा दिईरहनुभएको छ ?
अहिले कोरोना महामारीमा भौतिक दुरी कायम गरेर , माक्स, सेनिटाईजर प्रयोग गरेर यातायात चलाईरहेका छौ । धेरै भिडभाँड नगरी सामाजीक दुरी कायम गरेर टिकट काउन्छर खोलिरहेका छौ ।
५ . अन्त्यमा के भन्न चाहनुहुन्छ ?
लोकप्रियले हाम्रा कुरापनी सञ्चारमाध्यममा राख्ने अवसर दिएकोमा धन्यवाद ब्यक्त गर्न चतहन्छु । र ब्यवसायी मारमा पर्नेगरी लकडाउन नगरीदिनुहुन सम्बन्धित निकायलाई यसै सञ्चार माध्यमबाट आग्रह पनी गर्दछु ।
