सम्पर्क

ब्यापार सँगै सामाजिक कार्यमा ः भुपेन्द्र थापा

इन्द्रावती गाउँपालिका वडा नं.३ का बुबा बेल बाहादु थापा र आमा हर्ककुमारी थापाको कोखबाट २०३५ साल बैसाख २० गते जन्मनुभएको भुपेन्द्र थापा हाल चोैतारा साँगाचोकगढी नगरपालीका वडा नं.५ मा हार्डवयेर तथा अन्य घर निर्माण तथा फर्निसिङ सामान ब्यवसाय गर्दै आउनु भएको छ । एउटा सामान्य कृिष तथा सामान्य ब्यबसाय गर्ने परिवारको जन्मीएर सानो ब्यबसाय गर्दै पछि आएर नेपाली सेनामा भर्ती भएर पेन्सन भएपछि समय सापेक्षिक समयको माग बमोजिम २०७२ साल भन्दा अगाडी फर्निचरको र भाडाको ब्यापार गर्नुहुन्थ्यो । २०७० सालको भुकम्प पछी चौतारामा ठूलो हार्डवेयर पसल ब् नभएकोले जनतालाई नि राहत होस र ब्यबसायमा प्रगति गर्ने मनसायले उहाँले शार्डवयर पसल सञ्चालन गर्नुभयो । हाल पनि यहि ब्यबसायलाई निरन्तरता दिदै नेपालको करिब ३० ३५ वटा जिल्लामा फर्निसिङको सामान पठाएर फर्निसिङ हार्डवेयरको होलसेल काम गर्दै आउनुभएका थापासँग लोकप्रिय समाचारदाता करिस्मा लम्सालले गरेको छोटो भलाकुसारी—

१) तपाईले यो हार्डवेयर तथा फर्निसिङ ब्यवसाय गर्दाको अनुभब बताई दिनुहोस न ?
ब्यवसायमा ईमान्दारीता धैर्यता र बजारको रेटलाई कन्ट्रोल गरी विश्वसनियताका साथ सरकारको निती नियममा रहि कार्य गरेको छु । त्यसैले सफल व्यवसायि वनेको छु ।
२. यस क्षेत्रमा काम गरेर के सफल पाउनु भयो ?
आर्थिक क्षेत्रमा सुधार भएको छ र मैले कमाएको २०% पैसा सामाजिक क्षेत्र लगानी गरिरहेको छु । जस अन्तर्गत मैले विभिन्न कार्यहरु गर्दै आइरहेको छु । ईन्द्रावती गाउँपालिका वडा नं. ३ मा आफ्नो र केही गाउलेहरुको लागी पाटी र लास पोल्ने ठाउ बनाएको छ ।. भूकम्प पछि विभिन्न मठ मन्दिर गौरती भिमेश्वर लगायत अन्य स्थानिय निकाय बाट हेरचार नहुँदा पनि विभिन्न मठ मन्दिरमा वर्षै पिछे सहयोग गर्दै आइरहेको छु । जन्मथलो कुन्चोकमा मठमन्दिर सामाजिक निर्माणको लागी ३ लाख ३३ हजार सहयोग गरेको छु । विभिन्न स्कुल मठ मन्दिर र खानेपानिको लागी माग भएअनुसार सामाजिक काम गर्ने स्थानहरुमा माग भएअनुसार सामाजिक काम गर्ने र खानेपानी ट्याङ्की लगायत विभिन्न सामाग्रीहरु सहयोग गर्दै आएको छु । विभिन्न सामाजिक काम गर्ने संस्थाहरुको आर्थिक अथवा भौतिक कहिले खाली हात पठाएको छैन । खेलकुद युवाहरुको भाग भएअनुसार विभिन्न ठाउहरुमा सहयोग गर्दै आएको छु । भक्तपुरमा रहेको सिपाटोट परोपकार संस्थामा आवद्ध रहि भवन निर्माणमा आर्थिक सहयोग गरी परोपकारी संस्थामा लागेर विभिन्न परोपकारी कार्य गर्दै आएको छु । अति विपन्न असाहय गरिव व्यक्तिहरुलाइ हातमुख जोड्न समस्या परेको व्यक्तिहरुलाई कुनै पनि माध्यम हरुबाट सम्पर्क गरेर सेवा सुविधा दिएको छु । कोभिड १९ माहामारी अन्तर्गत अति विपन्न परिवार इन्द्रवतीमा ५२ घरपरिवार इन्द्रावती ३ को सिफारिसमा र चौताराको १२ घरपरविारलाइ रेडियो सिन्धुको सिफारिसमा खाद्य सामाग्री वितरण समेत गरेको छु ।

३ .तपाइको व्यवसायलाई कोरोनाले कतिको प्रभाव पारेको छ ?
यो व्यवसायमा कोरोनाले गर्दा सामान्य असर परेको छ । नेपाल सरकारको नियम अनुसार यो भन्दा अघिल्लो ७ महिना र यो वर्ष ३ महिना व्यवसाय बन्द गरियो । त्यसैले सामान्य असर परेको छ ।
४. कोभिडको माहामारीमा तपाइले कसरी सेवा सुविधा दिइरहनुभएको छ ?
नेपाल सरकारले अवलम्बन गरेको सुरक्षा नियमलाइ पालना गरेर सेवा सुविधा दिइरहेको छु ।
५ तपाइ यो क्षेत्रमा काम गरेर कतिको सन्तुष्टि पाउनुभएको छ ?
आर्थिक रुपमा र सामाजिक कार्य गर्नका लागी पर्याप्त आवश्यक पैसा यहीबाट कमाएको छु । दुःखी गरिवीहरुलाइ सहयोग गर्न पाएको छु । पैसाको कमीको कारण घर बनाउन नसकेका हरुलाई वाँकीमा सामान दिएर भएपनि घर वनाउन प्रेरित गरेको छु । सामाजिक कार्यमा लागीरहेको छु । त्यसैले म यो व्यवसायबाट सन्तुष्ट छु ।
६. अन्त्यमा के भन्न चाहानुहुन्छ ?
सर्बप्रथम लोकप्रिय समाचारलाइ विशेष धन्यबाद आफ्नो कुरा पनि राख्न पाए । अब पनी यहि व्यवसायमा निरन्तर लागीरहने छु । सामाजिक कार्य गरिरहने छु ।