
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.५ मा २०४८ सालमा जन्मनु भएको अप्सरा रम्तेल ३ वर्ष देखी जुत्ता , चप्पल चलाउदै आउनु भएको छ । यही ब्यवसाय गरेर आफ्नो घर परिवार चलाउँदै आउनुभएको बताउने रम्तेल सँग लोकप्रिय समाचारदाता करिस्मा लम्सालले गरेको छोटो कुराकानी —
१. तपाईले ब्यवसाय गर्दाको अनुभब बताईदिनुस् न ?
७० लाख लगानी गरेर सुरुगरेको ब्यवसाय सञ्चालन गरेको ब्यवसायबाट राम्रै मुनाफा भएको छ । यो ब्यवसाय गर्न खासै गाह्रो छैन । हामी श्रीमान श्रीमती मिलेर ब्यवसाय सञ्चालन गरिरहेका छौ ।
२. तपाईले यो व्यबसायमा लागेर के सफलता पाउनुभयो ?
यो व्यबसाय गरेर खासै सफलता त मिलेको छैन । जिवन निर्वाह भएको छ ।
३. यस क्षेत्रमा काम गर्दा कतिको सहज हुन्छ ?
यो क्षेत्रमा काम गर्दा धेरै गाह्रो हुन्छ । काम त कुनै पनी सजिलो हुँदैन । तर पनि जिवन निर्वाहका लागी कुनै न कुनै काम त गर्न परिहाल्यो । आफुले सहज तरिकाले गर्दा सजिलै हुँदो रहेछ ।
४. तपाईको व्यबसायमा कोरोनाले कतिको प्रभाब प्रभाब पारेको छ ?
कोरोनाको कारण यो व्यबसायमा धेरै असर परेको छ । आज भोली राम्रो सँग व्यबसाय चलिरहेको छैन । यो भन्दा अघिल्लो बर्ष ७ महिना र यो बर्ष ३ महिना लकडाउन भयो त्यति समयमा लगभग २ लाख घाटामा गयो ।
५. माहामारीको अबस्थामा कसरी सेवा दिरहनु भएको छ ?
कोरोनाको माहामारीमा मैले माक्स सेनिटाइजर प्रयोग गरेर सामाजिक दुरी कायम गरेर वयबसाय गरिरहेको छु ।
६.यस क्षेत्रमा काम गर्दा कतिको सन्तुष्ट हुनुहुन्छ ?
म यो पेशाबाट सन्तुष्ट छैन । किनकी ब्यवसाय सुरु गर्दा राम्रो होस भन्ने चाहना राखेर गरिन्छ । राम्रो चलोस भनेर सुरु गरेका थियौँ तर लकडाउनले गर्दा ब्यवसाय घाटामा गयो र कोरोना भाईरसले गर्दा ब्यवसाय राम्रोसँग चलेको छैन ।
७. अन्त्यमा तपाई के भन्न चाहानुहुन्छ ?
लोकप्रियले हाम्रो कुरापनी संञ्चार माध्यममा राख्ने अबसर दिएकोमा धन्यबाद ब्यक्त गर्न चाहान्छु । र व्यबसायमा मर्का पर्ने गरी लकडाउन नगरिदिनुहुन सम्बन्धित निकायलाई यसै संञ्चार माध्यामबाट आग्रह पनी गर्दछु ।
