सम्पर्क

ब्रेकिङ न्युज १

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

अन्तर्वाता, कृषि, खानेपानी, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौँ, १ साउनः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ । महाशा...
आज साउने सङ्क्रान्ति पर्व

आज साउने सङ्क्रान्ति पर्व

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ साउनः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा ...
१४ नं वडामा कपडाको झोला वितरण गर्दै प्लास्टिकमुक्त अभियान सञ्चालन

१४ नं वडामा कपडाको झोला वितरण गर्दै प्लास्टिकमुक्त अभियान सञ्चालन

अन्तर्वाता, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
असार ३१ – प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा वातावरण संरक्षण गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा प्लास्टिकमुक्त अभियान तथा कपडाको झोला वितरण कार्यक्रम गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद युवराज दुलालले वातावरण संरक्षणका लागि प्लास्टिकको प्रयोग घटाउनु आजको आवश्यकता भएको बताउँदै स्थानीय तह, संघसंस्था र नागरिकको संयुक्त प्रयासबाट मात्र प्लास्टिकमुक्त समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।     उहाँले वातावरणमैत्री व्यवहार अपनाउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा उँहाले वातावरण संरक्षणलाई नीति र व्यवहार दुवै तहबाट अघि बढाउनुपर्ने आवश्यकता भउको उल्लेख गर्नु हुादै संसदमा आफूले किसानको हित, कृषि क्षेत्रको विकास तथा जनजीविकासँग जोडिएका विषयमा निरन्तर आवाज उठाउँदै आएको र वातावरण संरक्षण पनि कृषिको दिगोपनासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउँनु भयो । दुलालले व...
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मिना राना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घटनापछि उनका श्रीमान मिनबहादुर भण्डारी फरार रहेका छन् । स्थानीयका अनुसार माइत गएकी श्रीमतीलाई मिनबहादुरले मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका–७ पौवास्थित ससुरालीबाट घर ल्याएका थिए । घर आएपछि दुवैले मदिरा सेवन गरेको र सोही क्रममा सामान्य विवाद उत्पन्न भएको बताइएको छ । वडा सदस्य रवि खत्रीका अनुसार मदिराको नशामा भएको विवादका क्रममा मिनबहादुरले मुक्काले टाउकोमा प्रहार गरेका थिए । उक्त प्रहारकै कारण मिना रानाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । बुधबार बिहान स्थानीयले मिना रानालाई घरमै मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको टाउको र घुँडामा चोट तथा निलडाम देखिएको भए प...
काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने

काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने

अन्तर्वाता, कृषि, खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, २९ असार । प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले सोमबारदेखि कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्नुअघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ लिनुभएको हो । शपथग्रहणपश्चात् उहाँले काउन्सिलमा पदबहाली गर्नुभयो । अध्यक्ष श्रेष्ठले अहिलेको एआई र सोसल मिडियाको परिवर्तित अवस्थामा प्रेस काउन्सिल नेपालको भूमिकामा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । साथै, प्रेस स्वतन्त्रताको रक्षा गर्नु पनि काउन्सिलको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले कुनै पनि दबाबबाट मुक्त भई स्वच्छ भएर पत्रकारिता क्षेत्र र सरकारबिचको पुलको रूपमा काम गर्न प्रयत्नरत रहने बताउनुभयो । अध्यक्ष श्रेष्ठले कर्मचारीका समस्याहरूलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।अध्यक्ष श्रेष्ठलाई काउन्सिल सदस्य निर्मला शर्मा, सदस्यसचिव छबीन्द्र पराजुली, म...
सिन्धुपाल्चोकलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

सिन्धुपाल्चोकलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
सिन्धुपाल्चोक जिल्लालाई सबै प्रकारका नियमित खोपको पहुँच सुनिश्चित गर्दै पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। सिन्धुपाल्चोक जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्णखोप समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा असार २९गते चौतारास्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित विशेष समारोहबीच जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा तोकिएका उमेर समूहका बालबालिकाले नियमित रूपमा सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विकास साझेदार र सरोकारवालाहरूको सहभागिता रहेको थियो।...
विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ असारः विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम...
नेता बस्नेतद्धारा गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउनेप्रतिबद्धता सहीत तत्काल एक लाख दिने घोषणा

नेता बस्नेतद्धारा गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउनेप्रतिबद्धता सहीत तत्काल एक लाख दिने घोषणा

अन्तर्वाता, कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, शिक्षा, समाचार, स्वास्थ्य
  नेपाली कांग्रेसका नेता पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले मुगु जिल्लाका स्व गणेश नेपालीकी छोरी प्रतिमा नेपालीलाई स्नातक तहसम्म निःशुल्क पढाउने घोषणा गर्नुभएको छ । बस्नेतले आत्मदाह गरेको मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्व गणेश नेपाली प्रती श्रद्धान्जली ब्यक्त गर्र्दै नेपालीको शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नु भयो । उँहाले नेपालीको परिबारलाइ रु. १ लाख आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । बस्नेतले गणेशको परिवारलाई घर व्यवहार र पौष्टिक आहारका लागि तत्काल एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको हो । कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा बस्नेतले आत्मदाह गरेका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म आफुले पढाई दिने बताउँनु भयो । ‘जसको मृत्यु भएको छ, उहाँको पोस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक् लाख रु...
टेरामक्स काण्ड कांग्रेस नेता पुर्ब मन्त्री मोहन बस्नेतलाइ सफाइ

टेरामक्स काण्ड कांग्रेस नेता पुर्ब मन्त्री मोहन बस्नेतलाइ सफाइ

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्लाका लोकप्रिय नेता पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेत लाई दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा बिशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको छ । उहाँहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर गरेको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको जनइएको छ । उक्त टेरामक्स खरिद प्रकरणमा १९ जना प्रतिवादी भएकोमा ...
नागरिक जागरण केन्द्रको महानगरीय स्तरीय अभिमुखीकरण गोस्टी काठमाण्डौमा

नागरिक जागरण केन्द्रको महानगरीय स्तरीय अभिमुखीकरण गोस्टी काठमाण्डौमा

खेलकुद, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
  सुमन गुरुङ्ग, समतामुलक तथा समाबेशी बिकाशका लागि क्षमता अभिबृद्धी एवं नागरिक सशक्तीकरण बिषयक महानगर स्तरिय गोष्टी काठमाण्डौमा भएको छ । काठमाडौ महानगर पालिका र नागरिक जागरण केन्द्र नेपालको सयुक्त आयोजनामा समतामुलक तथा समाबेशी बिकाशका लागि क्षमता अभिबृद्धी एवं नागरिक सशक्तीकरण बिषयक महानगर पालिका स्तरीय १ दिवशीय अभिमुखीकरण कार्यशाला गोष्ठी काठमाडौ जील्ला समन्वय समितिको सभाहल भवनमा सु–सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी मा.देवराज बिश्वकर्मा (अध्यक्ष रास्ट्रीय दलित आयोग ) , बिशिस्ट अतिथीहरु मा.सावित्री कुमारी शर्मा (सदस्य रास्टीय महिला आयोग), मा. पुस्पराज तिमल्सिना (सदस्य रास्ट्रीय समाबेसी आयोग ), अतिथिहरुमा रामकुमार केसी (सयोजक सामाजीक समिति का.म.न.पा ),अधिवक्ता गङगा भेटवाल, सागर रिमाल रास्वपा नेता ,भरत गुरुङ (रास्वपा बागमती प्रदेश सदस्य)निमा वाङ्चेन लामा रास्वपा सिन्धुपाल्चोक...