सम्पर्क

ब्रेकिङ न्युज १

सामानको गुणस्तर का बारेमा उपभोक्ताले पनि जानकारी पाउँनुपर्छः प्रजिअ थापा

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
बजारमा खरिद गरिएको सामान गुणस्तरीय छन की छैनन् र मुल्य कस्तो छ भन्ने बिषयमा उपभोक्ताले पनि जानकारी पाउँन पर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउँनु भएको छ ।उहाँले आइतबार उपभोक्ता अधिकार दिवसको अवशरमा चौतारा साँगाचोकगढी नगरपालिका ५ को वडा कार्यलयको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । कार्यक्रममा उहाँले राम्रा काम गर्नेलाई प्रोत्साहन र नराम्रा काम गर्नेलाई दण्ड सजाएको व्यवस्था भएकाले उपभोक्ताहरुमा बढि मुल्य लिने, सस्तोको नाममा म्याद गुज्रेको समाग्री बिक्री गर्ने कार्य पनी हुन सक्छ त्यसकारण सामानको मिती हेर्ने बिल लिने बिल लिदा मिती र सामानको नाम मुल्य प्रष्टसँग लेख्न लगाउँन पर्ने लगाएतका उपभोक्ताहरुले ध्यान दिनपर्ने कुराहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । विश्व उपभोक्ता अधिकार दिवशका अवशरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले उपभोक्ता...

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

ब्रेकिङ न्युज १, समाचार
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शङ्खमूलस्थित बाग्मती नदी किनारमा भएको सफाइबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ६१८औँ हप्तामा आज शङ्खमूल दोभानस्थित बाग्मतीको सेतो पुल क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका पदाधिकारी एवं कर्मचारी, स्थानीयवासी, आलोकनगर बाग्मती सफाइ समूहको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । यही चैत ९ गते शनिबार ६१९औँ हप्तामा विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ । विशेष कार्यक्रमका साथ गरिने उक्त दिनको सरसफाइ अभियानमा सहभागिताका लागि महाअभियानले अपिल गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएको छ । महाअभियानबाट प्रभावित भएर देशका मुख्य नदी, सहर गरी १०८ भन्दा बढी...
स्ववियु र विब्यस चौतारामा एमाले कांग्रेसको सहकार्य

स्ववियु र विब्यस चौतारामा एमाले कांग्रेसको सहकार्य

ब्रेकिङ न्युज १, समाचार
चौतारा बहुमुखी क्याम्पस चौतारामा चैत्र ५ गते हुने आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएको छ । निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सुशील तामाङ स्ववियु सभापतिको साझा उमेद्वार बनाईएको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको सदरमुकाम केन्द्रमा रहेको जिल्लाकै शैक्षिक धरोहरको रुपमा परिचित विद्यालय कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको (आज) शनिबार हुने विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा समेत दुई ठूला दल एमाले र कांग्रेसको सहकार्य भएको छ । विव्यसको निर्वाभनको लागि साझा उमेद्वार निमेष श्रेष्ठ तय गरिएको छ । विव्यसको चार सदस्यको लागि हुने निर्वाचनमा श्रेष्ठ सहित विन्दा पुरी, निमा ग्याल्जेन लामा र लजिता श्रेष्ठ नेकपा एमाले र नेपाली काग्रंसको तर्फबाट उमेद्वार बनाईएका हुन् । नेकपा एमाले नगर कमिटी अध्यक्ष दीपक नेपाल र नेपाली कांग्रेस नगर सभापति ईन्...

गुल्मीमा हत्या र काभ्रेपलाञ्चोकमा शृङ्खलाबद्ध डकैतीमा संलग्न पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १ चैत : हत्या, शृङ्खलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुल्मीमा भएको हत्या र लुटपाट तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा डाँका चोरीमा संलग्न उनलाई आज ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो । विकास, मोटे, अर्जुन भन्ने नामबाट आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका ४१ वर्षीय तामाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा डलर ठगी, ललितपुरमा डाँका चोरी तथा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा शान्ति सुव्यवस्था तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो । तामाङको मुख्य योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मीको मुसिकोट नगरपालिका–७ मा अवस्थित गङ्गा होटलका सञ्चालक ५८ वर्षीय गोपालकुमारी शेरचनलाई होटलमा हातखुट्टा र म...

राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, विचार, समाचार
राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम चौतारामा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा र प्रमुख जिल्ला अधिकारी किरण थापाको विशेष अतिथ्यतामा जिससको सभाहलमा उक्त कार्यक्रम भएको हो । सञ्चार तथा सुचान प्रबिधि मन्त्रालय मुद्रण बिभागद्वारा आयोजित राजपत्र प्रकाशन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मुद्रण अधिकृत राजराम बिडारिले नेपाल राजपत्रको बिकास यसको पृष्ठभुमि र उद्वेश्यबारे प्रकाश पार्नुभएको थियो । मुद्रण अधिकृत रबिन्द्रमान महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा मुद्रण अधिकृत सुनिता रेग्मिले स्वागत मन्तवय राख्नु भएको थियो । मुद्रण बिभागका बरिष्ठ मुद्रण अधिकृत पदमराज पाठकको सभापतित्व भएको अन्तरक्रिया कार्यक्रममा मुद्रण अधिकृत राजराम बिडारिले, सङ्घ प्रदेस र स्थानिय तहको राजपत्र प्रकाशनमा एकरुपता कायम गर्ने, राजपत्र ...

लाँगर्चे माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
 लाँगर्चे माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका –८ को ६५औं वार्षिकोत्सव , अभिभावक दिवस तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्नुहुँदै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले गुणस्तरीय शिक्षा प्रदान गर्न मेहनत गर्ने शिक्षकलाई सदैव सम्मान गर्ने बताउँदै भएका कमिकमजोरीलालाई सुधार्दै उत्कृष्ट नतिजा ल्याउन सकेमा अझ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यहाँको आग्रह अनुसार घेराबारको निम्ति सहयोग गरेको बताउँदै विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीको मेहनतबाट मात्र गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्त हुने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सहयोग गर्ने सम्पुर्ण संघ संस्था र व्यक्तिहरुलाई आभार प्रकट गर्दै आगामी दिनपनि सहयोगको अपेक्षा गर्नुभयो । विद्यालयका प्रधानाध्यापक राममणी धितालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । पुर्वाधार र...

महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छः सभापति देउवा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
पाटन (ललितपुर), २४ फागुनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताउनुभएको छ । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपाली महिलाहरूको आह्वानः समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै हैन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गर्नुभयो । “हरेक पालिकामा मात्रै हैन राज्यको हरेक निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने व्यवस्था गरिएको छ । यहाँ महिलाहरूले देशकै नेतृत्व गरेको अवस्था छ, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,” सभापति देउवाले भन्नुभयो,“अब थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै...

हाजिरिजवाफ प्रतियोगितामा तेर्से माध्यमिक विद्यालय पहिलो

ब्रेकिङ न्युज १, समाचार
११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेलम्ची नगरपालिकाद्वारा आयोजित हाजिरिजवाफ प्रतियोगितामा ३१ अंक सहित तेर्से माध्यमिक विद्यालय मेलम्ची –६ पहिलो भएको छ । त्यस्तै २५अंक सहित सिन्धुपुराना गाउँ माध्यमिक विद्यालय मेलम्ची –५ दोस्रो २२ अंक सहित नगरपालिका कर्मचारी टिम तेस्रो भएको नगरपालिकाका महिला बालबालिका तथा समाबेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । त्यस्तै सोहि दिवसको अवसरमा बिहान महिला जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारी टिम ३–२ ले विजयी भएको छ । हाजिरिजबाफमा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १२ हजार र तेस्रो हुनेलाई ६ हजार र प्रमाणपत्र भोलि प्रदान गरिने नगरपालिकाले जनाएको छ ।...

बाके सेवा समाज कतारको आयोजनामा शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुने

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दर्शन सुनार/लोकप्रिय दैनिक,कतार बाके सेवा समाज कतारको आयोजनामा शुक्रबार (मार्च ७) तारिकका दिन कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वय तथा हमद अस्पताल संगको सहकार्यमा “रक्तदान जिवनदान“ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम हुने भएको हो । समाजले पहिलो पटक आयोजना गर्न लागेको उक्त ,मानविय तथा परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,सामाजिक संघ संस्था, ब्यवसायी,समाजसेवी लगायत कतारमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई रक्तदान गरिदिन समाजका अध्यक्ष गोबिन्द जङ्ग शाहले अनुरोध समेत गर्नु भएको छ । शुक्रबार कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म रक्तदान हुने कार्यक्रम संयोजक श्याम डिसीले जानकारी दिनुभएको छ ।...

राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली भएको छ । राष्ट्रिय झण्डासहित संघीयताको खारेजी र राजतन्त्रको पुनस्थपनाको माग राख्दै बुधबार राजधानीका सडकमा प्रदर्शनी भएको छ । राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको हो । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।धवलशमशेर राणाा नेतृत्वको आन्दोलन परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्गदेल सहीतको हजारौको सख्यामा राजधानीमा मोटर साइकल र्याली गरिएको राप्रपाको महीला नेतृ बागमती प्रदेस सभा सदस्य कुमारी तामाङ तामाङ, स्याङवोले जानकारी दिनु भयो ।  ...