सम्पर्क

ब्रेकिङ न्युज १

बस्नेत माथी मुद्धा एउटै आरोपमा पक्षपात !

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस नेता एवं सांसद् मोहनबहादुर बस्नेतले राजश्व चुहावट नियन्त्रण र भ्रष्टाचार रोक्न ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने सम्बन्धी नीतिगत निर्णय लिएर र राज्यलाइ राम्रो गर्न खोज्दा आफुलाइ अहीले मुद्धा दर्ता गराएर गलत भएको देखाउँन खोजीएको बताउँनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो । भिओआईपी कल बाइपासमार्फत एनसेलले १२ अर्ब रुपैयाँ कर छलेको ,निजी टेलिकम कम्पनीले राज्यलाई अर्बौैंको राजश्व नोक्सान पारिरहेको सन्दर्भमा राज्य चुप लागेर बस्न नसक्ने भएकाले आफूले सो निर्णय गरेको बस्नेतले पटक पटक सर्बजनकि रुपमा बताउँदै आँयनु भएको छ । बस्नेतले राजनिती प्रतिशोध हुन थालेको र राम्रा काम गर्नेहरुले सरकार छाड्ने बितीक्कै जेल जान पर्ने हुन थालेको यसमा आफु पनी राम्रा काम गरेकै कारण जेल ज...

गोले तामाङ वंश उत्थान समाजको ९औं राष्ट्रिय सम्मेलन धुस्कोटमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको हरियालीले ढाकिएको धुस्कोट गाउँ, जहाँ पहाडको काखमा बसेका घरहरू, प्राचीन गुम्बाहरू र सांस्कृतिक सम्पदाहरूले गोले तामाङ समुदायको इतिहास बोकेका छन् । यही ऐतिहासिक गाउँमा, (आज) जेठ ३ र ४ गते, गोले तामाङ वंश उत्थान समाजको ९औं राष्ट्रिय सम्मेलन तथा १२औं वार्षिक साधारणसभा हुँदैछ । (आज) ३ गते शनिबार गोले वंश साँझ हुनेछन् भने ४ गते औपचारिक कार्यक्रमको सम्पुर्ण तयारी भएको व्यवस्थापन समितिका संयोजक प्रीतम गोले तामाङले बताएको छ । धुस्कोट, गोले तामाङ समुदायको ऐतिहासिक बस्ती हो । यहाँ सदियौँ पुराना यार्सा र फारपाङ गुम्बाहरू अवस्थित छन्, जसले समुदायको धार्मिक र सांस्कृतिक जीवनशैलीलाई प्रतिबिम्बित गर्छन्। तीन जना गोले म्हेमेहरूले निर्माण गरेका तीनवटा पानीका कुवाहरू अझै पनि समुदायको जीवनशैलीको साक्षी बनेका छन् । सम्मेलनको तयारीमा धुस्कोटका बासिन्दाहरू उत्साहित छन् । बलेफी बजार, कोठे बजार,...

लागुऔषध कारोबारीको बिगबिगी, सिन्धुपाल्चोकको दिनेश लामा सहित जना आठ पक्राउ

ब्रेकिङ न्युज १, समाचार
भक्तपुरका अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४ घण्टामा आठ जना कारोबारीलाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट भक्तपुर आएर बसोबास गर्नेहरुले यहाँ कारोबार बढाएको र जिल्लावासी युवापुस्तालाई लागुऔषध बिक्री गर्ने गर्दा सेवनकर्तासमेत ह्वात्तै बढेको प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । उहाँले प्रहरी वृत्त र प्रहरी परिसरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट २४ घण्टामा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई हाल मध्यपुरथिमि–६ सिघिकाली डेरामा बस्ने २३ वर्षीय दिनेश लामा र सर्लाहीको लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि सिद्धिकाल...

बालमैत्री समाजतर्फको कदमः मेलम्ची नगरपालिका सडक बालबालिकामुक्त घोषणा

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकाले सडक आश्रित बालबालिकाको पुनःस्थापनामा उल्लेखनीय सफलता हासिल गर्दै, आफ्नो क्षेत्रलाई सडक बालबालिका मुक्त स्थानीय तहको रूपमा घोषणा गरेको छ । यो उपलब्धि सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको निर्देशनअनुसार बैशाख ५ गते प्राप्त पत्रको आधारमा नगरपालिकाले बैशाख १० गते सबै वडाहरूमा पत्राचार गरी सडक आश्रित बालबालिकाको खोज तथा पुनःस्थापनाको व्यवस्थापन गरेपछि सम्भव भएको हो । वडास्तरीय छलफलहरू मार्फत नगरपालिकाले आफ्नो क्षेत्रमा कुनै पनि सडक आश्रित बालबालिका नरहेको निष्कर्ष निकालेको छ । यस निष्कर्षलाई नगर कार्यपालिकाको बैठकले पनि पुष्टि गरेको छ । प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रद्वारा हस्ताक्षरित पत्रमा मेलम्ची नगरपालिकाले बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, नेपाल नगरपालिका संघ, र गाउँपालिका राष्ट्रिय महासंघलाई समेत सडक आ...

सिन्धुपाल्चोकमा सबैभन्दा कम बेरुजु इन्द्रावतीमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा कम बेरुजु इन्द्रावती गाउँपालिकामा रहेको छ । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार इन्द्रावतीमा कुल बजेटको १ दशमलव ४६ प्रतिशत अर्थात २ करोड ६३ लाखको बेरुजु रहेको छ । यस्तै नगरपालिकामध्ये मेलम्ची नगरपालिकामा कम रहेको छ । मेलम्ची नगरपालीकामा कुल बजेटको ४ दशमलव ८५ प्रतिशत अर्थात १६ करोड १७ लाख बेरुजु रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको कुल बजेटको ७ दशमलव ६७ प्रतिशत बेरुजु रहेको छ भनेबाह्रबिसे नगरपालिकाको कुल बजेटको ५ दशमलव ११ प्रतिशत बेरुजु रहेको छ । जुगल गाँउपालिकाको कुल बजेटको २ दशमलव ३५ प्रतिशत, त्रिपुरासुन्दरी गाउँपालिकामा कुल बजेटको २ दशमलव २४ प्रतिशत, पाँचपोखरी थाङ्पाल गाँउपालिकामा कुल बजेटको २ दशमलव ३० प्रतिशत, बलेफी गाँउपालिकामा कुल बजेटको ४ दशमलव ४४ प्रतिशत बेरुजु रहेको छ । यसैगरी भोटेकोशी गाँउपालिकामा कुल बजेटको १ दशमलव ७७ प्रतिशत, लिसं...

बलेफीमा विद्युतीय शासन प्रणाली र साइबर सुरक्षामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
 कविता श्रेष्ठ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) सिन्धुपाल्चोकको आयोजनामा र बलेफी गाउँपालिकाको समन्वयमा विद्युतीय शासन प्रणाली तथा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सूचना र प्रविधिको अभियान, डिजिटल नेपाल निर्माण“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा स्थानीय सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ, र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । क्यान सिन्धुपाल्चोकका महासचिव तथा अनुसन्धानकर्ता सुवास कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै विद्युतीय शासन प्रणाली र साइबर सुरक्षासम्बन्धी प्रस्तुति दिनुभयो । उहाँले सामाजिक सञ्जाल, विशेषतः फेसबुक ह्याकिङबाट बच्ने उपायहरू, पासवर्ड सुरक्षाको महत्व, र सरकारी तथा व्यक्तिगत इमेल सुरक्षामा ध्यान दिनुपर्ने विषयमा प्रकाश पार्नुभयो । साथै, सरकारी कार्यालयहरूमा आर्थिक कारोबारसम्बन्धी कुराकानी फेसबुक जस्ता सामाजिक सञ्ज...

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
मोरङ, ३० वैशाख : गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिनुभयो । गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गर्नुभयो । उहाँले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताउनुभयो । गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग एवं बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरङ्कुश व्यवस्था व्यवस्था हुन नसक्ने बताउनुभय...

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

ब्रेकिङ न्युज १, समाचार
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसल...

‘टिपर’ दुुर्घटनामा चालकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।...

बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–१, निङ्गाले बागखोर स्थित मुडे–मेलुङ सडकखण्डमा शुक्रबार साँझ करिब ५ बजे यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उपचारको लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल ल्याइएका ती चालकलाई साँझ ६ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा संलग्न बस र सवारी चालक दोलखा कालिन्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधव बहादुर कार्की प्रहरी नियन्त्रणमा रहेका छन् । मृतक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइली भएको पुष्टि भएको छ । घटनास्थलमा प्रहरी चौकी मुडे, इलाका प्रहरी कार्यालय बाह्रबिसे, प्रहरी चौकी बलेफी तथा ट्राफिक प्रहरीसहित २० ...