सम्पर्क

ब्रेकिङ न्युज १

जेन–जीको प्रदर्शनमा भएको घटना प्रती महासंघद्धारा भत्र्सना

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ — जेन–जीको प्रदर्शनको क्रममा भएको घटनाको नेपाल पत्रकार महासंघले निन्दा र भत्र्सना गरेको छ । नेपाल पत्रकार महासघंका महासचिब राम प्रसाद दाहाल द्धारा जारी बिज्ञेप्तीमा भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएको र एक सञ्चारगृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ निन्दा र भत्र्सना गर्दछ भनएिको छ । कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की र स्वतन्त्र पत्रकार सम्भु दंगाल प्रदर्शनमा परेर घाइते हुनु भएका हो । त्यस्तै, थाहा खबरको कार्यालयमा तोडफोड भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।सामाजिक सञ्जालबाट सुरु भएको अभियान सोमबार सडकसम्म पुगेको प्रदर्शनस्थलमा रिपोर्टिङ गरिरहेका चार जना पत्रकारको ...

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

ब्रेकिङ न्युज १, समाचार
आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ । यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ। यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर...

‘जेनजी’को प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
जेनजी'को प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, घाइतेहरुकाे अन्य अस्पतालमा समेत रिफर गरिएकाे उहाँले जानकारी दिनुभयाे ।

२५गते बाट सबैको परिचयपत्र को फोटो बाह्र्बिसेमा ५९३ ले पाए सुबिधा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबीकरण गर्न र बैङ्कहरुले पनी खाता सञ्चालनका लागी राष्ट्र्यि परिचय पत्र अनिबार्य गरे पछी परिचय पत्र बनाउँनका लागी बाह्र्बिसे नगरपालिकाको बिशेष पहलमा बाह्रबिसे नगर पालिकामै प्राबीधिक टोली बोलाएर राष्ट्र्यि परिचय पत्रको लागी फोटो खिचाउँने काम भइ रहेको छ । टोलिले १६ गते बाट २२ सम्म बाह्रबिसे नगरपालिकाको ९ वटै वडा लगाएतका सामाजीक सुरक्षा प्राप्त गर्ने नागरिकहरुको फोटो खिचाएको थियो । २२गते सम्म ५९३जनाले फोटो खिचाइ बिबरण भरी सकेको नगर उप प्रमुख मन्जु तामाङले जानकारी दिनु भयो । उँहाका अनुसार पुन २५गते देखी उमेर पुगेका सबैलाइ परिचय पत्रको लागी बिबरण दर्ता गर्ने काम बाह्रबिसेबाटै हुने भएको छ । बाह्र्बिसे नगरपालिकाले सुचना प्रकाशन गरी २३र २४ गते त्रिपुरा सुन्दरी वडा नं ३को कार्यलयमा बिबरण दर्ता गरी २५ गते देखी बाह्रबिसेमा बिबिरण दर्ता गरिने जनाएको छ । यो...

फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँमा बस्ने जीवनाथ तिमल्सिनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिनुभयो । अदालतले २० वर्ष जरिवाना सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको ब्यूरोले जनाएको छ ।...

रास्ट्रिय प्रजातन्त्र पाटिको दोस्रो अधिवेसन चाकुमा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
प्रिती बिक बारबिसे, रास्ट्रिय प्रजातन्त्र पाटिको भोटेकोशी गाउपालिकाको पालिका स्तरिय दोस्रो अधिवेशन भोटेकोशी गाउपालिका ५ चाकु बजारमा सम्पन्न भएको छ । राष्ट्र्यि प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दइन्द्र बहादुर ठकुरीको प्रमुख अथित्यतमा र अर्का केन्द्रिय सदस्य उदय सापकोटाको बिशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यसै गरी संविधान सभा सदस्य पुर्व माननीय रमेश लामा , अतिथी जिल्ला अध्यक्ष निलध्वज थापा,पुर्व क्षेत्रीय अध्यक्ष शिव भणडारी , क्षेत्रीय सचिव शिव पौडेल ,निर्वाचन जिल्ला अध्यक्ष ध्रुव कुमार थापा लगाएत को अतिथ्यतामा भएको सभाले निङमार शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्य समितीको निर्बीरोध निर्बाचित गरेको छ ।कार्यत्र।मको उद्धघाटन गर्दै प्रमुख अतिथी ठकुरीले रास्ट्रिय पाटिलाइ मजबुत तरिकाले अगाडि बढाउने र पहिलो पाटिको रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु हुँदै अब आउने दिन म...

अप्सरा गौतमको गाउँगाउँमा सिंहदरबार’मन्त्री भगवती न्यौपानेद्धारा विमोचन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्री भगवती न्यौपानेले एक समारोहका बिच ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्नु भएको छ । अप्सरा गौतमले सम्पादन गरेको ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै सरकार अघि बढिरहेको बताउँनु भयो । सो अबशरमा मन्त्री न्यौपाने ले स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो । संविधानमा उल्लेख भएका तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने बताउँनु हुँदै मनत्री न्यौपानेले आन्दोलनको उपलब्धिको रुपमा तीन तहको सरकार निर्माण भएको भन्दैस्थानीय तह जनताको नजिकको र आफ्नो सरकार भएको पनि बताउँनु भयो ।संविधानमा स्थानीय तहका एकल र साझा अधिकार भ...

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

ब्रेकिङ न्युज १, समाचार
बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबँेसी–रसुवागढी सडक अवरुद्ध छन् ।  जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा ९कर्णाली राजमार्ग० पनि अवरुद्ध छ । यसैगरी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का ९कोशी राजमार्ग० पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ । चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक ९तमोर करिडोर० पनि अवरुद्ध छ । ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबँेसी–रसुवागढी सडकखण्ड पनि बन्द भएको छ । विभागका अनुसार छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम ९भेरी करिडोर० पनि बन्द छ । कोइलाबास–लमही, अर्जुनखोला–घोराही...

बाह्र्बिसेमा सेवाग्रहीद्धारा नगर प्रमुखलाइ धन्यबाद

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेत लगाएत नगर पालिकाकका पदाधिकारी तथा सेवा दिन लागेका सरकारी कर्मचारीहरुलाइ सेवाग्रहीले बिशेष धन्यबाद दिएका छन । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबीकरण गर्न र बैङ्कहरुले पनी खाता सञ्चालनका लागी राष्ट्र्यि परिचय पत्र अनिबार्य गरे पछी परिचय पत्र बनाउँनका लागी जिल्ला प्रशासन कार्यलयमा बिशेष गरि जेष्ठ नागरिक र अपाङ्ग असायहरुको भिड लागेको थियो भने फोटो खिच्न मात्र २÷३दिन सम्म पालो कुर्न परेको थियो । यो समस्या समाधान गर्नका लागी बाह्र्बिसे नगरपालिकाको बिशेष पहलमा बाह्रबिसे नगर पालिकामै प्राबीधिक टोली बोलाएर राष्ट्र्यि परिचय पत्रको लागी फोटो खिचाउँने काम गरिदिएकोमा स्थानीय सेवाग्रहीले बिशेष धन्यबाद दिएका हुन । यो सेवाबाट अत्यन्तै खुसी भएको फोटो खिचाउँन आउँनु भएकी रामकुमारी रोक्काले बताउँनु हुँदै मेयर बालकृष्ण बस्नेत ...

लिपुलेकमुनिका गाउँका पीडाः ‘ न बाटो छ, न सञ्चार ’

ब्रेकिङ न्युज १, समाचार
दार्चुला कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु र तिङ्कर पुग्न न पैदल बाटो छ न फोन गर्न सञ्चार सुविधा नै । अहिले पनि यहाँका दुई गाउँका नागरिक भारतीय सडक हुँदै गाउँ पुग्छन् । पैदल बाटो अवरुद्ध भएको र सञ्चार सेवा नहुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्न १० किलोमिटर दूरी छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्नै अहिले पैदल बाटो अवरुद्ध भएको छ । गत साउन २८ गतेको बाढीले छाङ्गरु र तिङ्करको सम्पर्कविच्छेद भएको हो । छाङ्गरुदेखि तिङ्कर गाउँ पुग्ने ठाउँ ठाउँमा बाटो बाढीले बगाएको छ । मङ्सिरमा तिङ्करवासीको बसाइँसराइ खलङ्गा झर्ने बेला कसरी फर्किने भन्ने चिन्ता भएको छ । बाटो बाढीले बगाएकै कारण गाउँमा खाद्यान्नसमेत ढ...