सम्पर्क

अप्सरा गौतमको गाउँगाउँमा सिंहदरबार’मन्त्री भगवती न्यौपानेद्धारा विमोचन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्री भगवती न्यौपानेले एक समारोहका बिच ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्नु भएको छ । अप्सरा गौतमले सम्पादन गरेको ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै सरकार अघि बढिरहेको बताउँनु भयो । सो अबशरमा मन्त्री न्यौपाने ले स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो । संविधानमा उल्लेख भएका तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने बताउँनु हुँदै मनत्री न्यौपानेले आन्दोलनको उपलब्धिको रुपमा तीन तहको सरकार निर्माण भएको भन्दैस्थानीय तह जनताको नजिकको र आफ्नो सरकार भएको पनि बताउँनु भयो ।संविधानमा स्थानीय तहका एकल र साझा अधिकार भएको भन्दै अधिकारका विषयमा भएका केही असहमतिलाई छलफलको माध्यमबाट टुंग्याउनुपर्नेमा न्यौपानेको जोड थियो । स्थानीय तहलाई आफैं कानुन बनाउने र बजेट बनाउने अधिकार भएकाले पनि स्थानीय तह बलियो बन्दै गएको स्पष्ट पार्दै संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गर्नु भयो । उँहाले स्थानीय सरकारलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको भन्दै पुस्तकको नामले नै सबै कुरा प्रष्ट पार्ने भएकाले पुस्तकको प्रशंसा गर्नु भयो । कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सिंहदरबारलाई प्रदेश र गाउँतिर पठाउनु गौरवको विषय भएको बताउँनु भयो । सभामुख मण्डलले हिजोको दिनमा सिंहदरबारबाट नै नीति, नियम बन्ने र बजेट पनि बिनियोजन हुने तर अहिले सिंहदरबारको अधिकार प्रदेश र गाउँमा गएकाले त्यसलाई गाउँगाउँमा सिंहद्रबार भनिएको हो भन्नु भयो ।कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले स्थानीय तह भनेर संविधानमा कतै नलेखिएकाले यसलाई सरकारकै रुपमा हेर्नुपर्ने बताउँनु भयो । ढुंगानाले कानुनमा नै स्थानीय सरकार संचालन ऐनं २०७४ भनिएकाले स्थानीय सरकारलाई पनि सरकारकै रुपमा बुझिदिन आग्रह गर्नु भयो । उँहाले स्थानीय तहलाई धेरै अधिकार दिएको भए पनि बजेटको अभावमा कतिपय काम गर्न नसकिने अवस्था रहेको भन्दै संघ र प्रदेश सरकारले स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा अर्थविद् डा. चन्द्रमणि अधिकारीले अन्य देशको तुलनामा नेपालमा स्थानीय तहलाई धेरै अधिकार दिएको बताउँनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहलाई आफूहरुबीच समस्या केमा छ भन्ने थाहा भए पनि समस्या समाधान गर्नेतिर नलागेकोे बताउँनु भयो । अधिकारीले अहिले अर्थतन्त्रमा संकट आएको भन्दै बाहिर देख्दा अर्थतन्त्र राम्रै देखिए पनि भित्री रुपमा ‘साइलेन्ट डिजिज’ को समस्या भएको बताउँनु भयो ।पुस्तकको बारेमा बोल्दै सम्पादक गौतमले यो डिजिटल युगमा पनि पुस्तक पढ्ने बानीको विकास होस् भनेर पुस्तक प्रकाशन गरिएको बताउँनु भयो । उँहाले तीनै तहको सरकार, उनीहरुका गुनासा, समस्या, सम्भावनालगायतका विविध सामग्रीहरु पुस्तकमा समावेश गरिएको बताउँनु भयो । विशेषगरी यस पुस्तकले स्थानीय तहका समस्या, ती समस्याहरुको समाधान र स्थानीय तहले आगामी दिनमा बनाउनुपर्ने योजनालाई समेत समेटेको गौतमले सो अबशरमा जानकारी दिनु भयो ।प्रदेशका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुख, संविधानविद्, पूर्वमन्त्री, पत्रकार, संघीयताविद्, सांसद र विषयविज्ञ गरी ३३ जनाको लेख यस पुस्तकमा प्रकाशित गरिएको छ । ३ सय पृष्ठको पुस्तकले तीनै तहको सरकारको विषयवस्तु समेटेको छ । उक्त पुस्तक समग्र मिडिया प्रालिद्वारा प्रकाशन भएको हो ।