प्रिती बिक बारबिसे, रास्ट्रिय प्रजातन्त्र पाटिको भोटेकोशी गाउपालिकाको पालिका स्तरिय दोस्रो अधिवेशन भोटेकोशी गाउपालिका ५ चाकु बजारमा सम्पन्न भएको छ । राष्ट्र्यि प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दइन्द्र बहादुर ठकुरीको प्रमुख अथित्यतमा र अर्का केन्द्रिय सदस्य उदय सापकोटाको बिशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
यसै गरी संविधान सभा सदस्य पुर्व माननीय रमेश लामा , अतिथी जिल्ला अध्यक्ष निलध्वज थापा,पुर्व क्षेत्रीय अध्यक्ष शिव भणडारी , क्षेत्रीय सचिव शिव पौडेल ,निर्वाचन जिल्ला अध्यक्ष ध्रुव कुमार थापा लगाएत को अतिथ्यतामा भएको सभाले निङमार शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्य समितीको निर्बीरोध निर्बाचित गरेको छ ।कार्यत्र।मको उद्धघाटन गर्दै प्रमुख अतिथी ठकुरीले रास्ट्रिय पाटिलाइ मजबुत तरिकाले अगाडि बढाउने र पहिलो पाटिको रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु हुँदै अब आउने दिन मा अझै सफल र राम्रो रा प्र प बनाउन, भष्टचार नियन्त्रण गरि राम्रो पाटिलाइ अगि बढाउनु पर्छ भन्नु भयो । उँहाले देसका नागरिकहरुले अब झुटको भाषणमा होइन सस्कार र सस्कृतीको जगेर्ना गर्दै भ्रष्टचार बिरोधी अभियानमा लाग्न पर्ने बताउँनु भयो बिशेष अतिथी केन्द्रिय सदस्य उदय सापकोटाले रास्ट्रिय प्रजातन्त्र पाटि कसै सँग पनि डराउदैन भन्नु हुँदै बिगतमा जे भएता पनि अब पाटिलाइ बलियो र अगि बढाउने यसैगरी विशेष अतिथि पुर्व माननीय रमेश लामा लगायत अन्य अतिथिहरुले आफ्नो पाटिको नारा लगाउदै अबको भोट रा. प्र. प वा हलोलाई दिनु पर्छ र अहिलेको अधिबेशनलाई निरन्तरता दिनु पर्छ भन्नु भयो ।
भोटेकोशी गाउपालिकाको ५ वटै वडाको पदाधिकारीहरुको सहभागीतामा अधिबेशन सम्पन्न भएको थियो । कार्यक्रमका सभा अध्यक्ष निङमार शेर्पाले पछिला दिनहरुमा पाटि भित्र गुट उपगुट जस्ता समस्याको कारणले केही कम्जोर भएको प्रतीपक्षले महशुल गरेता पनि भित्री रुपमा रा प्र प कम्जोर नभएको र पाटिलाइ सुदृढीकरण गर्दै अगि बढने बताउनु भयो। अधिवेशनले कार्यक्रममा निङमार शेर्पाको अध्यक्षमा १३ जना सदस्य समिती सर्वसम्मत रुपमा चयन भएको थियो।
