सम्पर्क

ब्रेकिङ न्युज १

वर्षा र हिमपातको सम्भावना, ‘चिसोबाट जोगिऔँ’

ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौ अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यो मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ । महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । देशको पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवाँलो लाग...

बंशलाल तामाङद्वारा सिन्धुपाल्चोक काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा

ब्रेकिङ न्युज १, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापति पदमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासँघका महासचिव समेत रहनुभएका बंशलाल तामाङले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २, प्रदेश सभा (क) को प्रथम बैठकमा शुभकामना मन्तब्य राख्ने क्रममा तामाङले सभापति पदको उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । यसअघी ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ को वडा अधिवेशनबाँटै तामाङले जिल्ला सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । पार्टीको १४ औैं महाधिवेशनबाट महासमिती सदस्य पदमा अत्यधिक मत ल्याई निर्वाचित हुनुभएको थियो । जिल्ला अधिवेशनको मिती केन्द्रीय निर्वाचन समितीले यही २७ गतेको लागी तोकिसकेको छ । सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २, प्रदेश सभा (क) को सभापती केशवराज गिरीको अध्यक्षतामा बसेकको पहिलो वैठकमा जिल्ला सभापती विकास लामा , जिल्ला सचिवद्धय विलवहादुर तामाङ...

काँग्रेस नेता तामाङको श्रद्धाञ्जली सभा

ब्रेकिङ न्युज १, समाचार
नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का पुर्ब सभापति स्व. चक्र बहादुर तामाङको निधनमा दुःख ब्यक्त गर्दै नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसले तत्काल राहतका लागि रु. २५ हजार रुपैया समेत मृतकको परिबारलाई प्रदान गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी सभापती बिकास लामाले नेपाली काँग्रेसका स्थानिय नेता समेत रहनु भएका तामाङ गाउँ बिकासका लागी अति चिन्तित रहने र पार्टीका लागि हरेक समयमा उपस्थित भई पार्टीको काममा लाग्नु भएको ब्यक्ती गुमाउन परेकोम चिन्ता ब्यक्त गर्दै श्रदाञ्जलि दिनुभयो । उहाँले स्वर्ग भनेको प्रशँसा हुनु भएको बताउँदै स्व. चक्र बहादुरले राम्रा काम गरेको र उहाँ स्वर्गमा रहनु भएको कुरा बताउनुभयो । कार्यक्रमका बिशेष अतिथि नेपाली काँग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले २०३७÷३८ साल तिर डडुवामा आउँदा देखिको साथि गुमाउन परे...

ज्यामिरे साना किसानको साधारणसभा जग्गादाना सम्मान र व्यवस्थापन हस्तान्तरण

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
पाण्डब अधिकारी ज्यामिरे मेलम्ची नगरपालिका वडा नं. ९ मा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को तेस्रो बार्षिक साधारण सभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले सहकारीको मर्म र भावना अनुरूप शेयर सदस्यहरुलाई कृषि, पशु लगायतका व्यवसायमा लाग्न व्यवसायिक योजना साथ अघि बढ्न आग्रह गर्नुभयो। सहकारीको माध्यमबाट किसानलाई आत्मनिर्भर बनाई आम्दानी बृद्दि गराउने नगरपालिकाको रणनीति रहेको बताउँदै प्रमुख अतिथि अर्यालले उत्पादन, प्रशोधन , बितरण, प्रबर्द्दनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्नुभयो। ’कृषिमा अत्याधिक व्यक्ति संलग्न रहे पनि हाम्रो परम्परागत निर्वाहमुखी खेतीका कारण फाइदा लिनु पर्ने वर्गले फाइदा लिन सकेको छैन।’– नगर प्रमुख अर्यालले भन्नुभयो – ’नगण्य संख्यामा केही ...

नगर प्रमुखद्धारा वडा कार्यालय भवनको शिलान्यास

ब्रेकिङ न्युज १, समाचार
चौतारा सांगाचोकगढी नगरपालिका ५ नं वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ । शनिवार चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङले भवनको सिलान्यास गर्नुभएको हो । वडा अध्यक्ष नरमान श्रेष्ठका अनुसार ६ महिना भित्र १ करोड ९६ लाख लागतमा निमार्ण सम्पन्न गर्ने गरी निमार्ण कम्पनीले काम सुरु गरेको छ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिने विषयलाई प्राथमिकता दिँदै १४ वटै वडामा व्यवस्थित भवनमा स्थापित कार्य जारी रहेको मेयर अमानसिं तामाङले बताउनुभयो । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्बसाधारणहरुको सहभागिता रहेको थियो ।...

प्रेस चौतारी काभ्रेद्धारा स्वर्गीय पत्रकार नानीरामको परिवारलाई सहयोग

ब्रेकिङ न्युज १, समाचार
प्रेस चौतारी नेपाल,काभ्रेल स्वर्गीय पत्रकार नानीराम नेपालको परिवारलाई रू ५० हजार ३१ सहयोग गरेको छ । हृदय घात भई असमाहिक निधन हुनुभएका नेपालको परिवारलाई सहयोग गर्नका लागि प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले सुरुवात गरेको सहयोग कोषमा प्रेस चौतारी नेपाल काभ्रे सम्बद्ध साथीहरूबाट सँकलित उक्त रकम सहयोग गरिएको प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिनुभयो । सहयोगको लागि काभ्रे प्रेस चौतारी नेपाल परिवारलाई सिन्धुपाल्चोकका प्रेस चौतारि नेपालका अध्यक्ष बिदुर आचार्यले धन्यवाद ब्यक्त गर्नुभयो ।...

मेलम्चीको शिखरपुरमा महेन्द्र निसान दुर्घटना हुँदा एकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकको वडा नम्बर १० अन्र्तगत शिखरपुरमा महेन्द्र निसान दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षिय कमल कार्किको मृत्यु भएको स्थानियले बताएका छन् । शुक्रबार बिहान बा २ ख ३६८९ नम्बरको महेन्द्र निसानबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको हो । ट्रक लगभग १०० मिटर तल पुगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । मृतक कार्की गाडी धनी समेत हुनुहुन्छ ।  ...

निस्क्रिय बन्दै खानेपानी तथा स्वच्छता समन्वय समिती

ब्रेकिङ न्युज १, स्वास्थ्य
जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको चौतारामा वैठक सम्पन्न भएको छ । गैरसरकारी सँस्था महासँघ सिन्धुपाल्चोकको समन्वय र जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समितीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले समग्रमा जिल्लाको सरसफाइ अभियानलाई गति दिनका लागि छलफल हुन छाडेको धेरै भैसकेको बताउनुभयो । जिल्ला खुला दिसामुक्त घोषणा भएपछि साँचो अर्थमा समितिको बैठक बसेर जिल्लाको सरसफाई अवस्थाको समीक्षा हुन नसकेकोमा अधिकाँश सहभागीहरुले चिन्ता ब्यक्त गरेका छन् । जिल्लाभित्र सरसफाइ तथा स्वच्छताका समस्या नै निमिट्यान्न भएकोले समितिहरु निस्क्रिय भएका होइनन् । समस्याको स्वरुप र गहना बदलिएका छन्, स्थानीय तह र समुदायका प्राथमिकता फेरिएका छन् । समग्रमा, सबै जिल्लाभर नै सरसफाइ प्रवद्र्धनको जुन माहोल थियो, त्यो अहिले सेलाएर गएको बुझाइ जिल्ला तहका साझेदारहरुको समेत छ । “...

चौतारामा कम्युटरमा आँखा जाँच गर्ने प्रविधीको सुरुवात

ब्रेकिङ न्युज १, स्वास्थ्य
तिलगँँगा आँखा केन्द्रको सहयोगमा सिन्धुपाल्चोकको चौतारामा रहेको सामुदायीक आँखा केन्द्रमा कम्युटरमा आँखा जाँच गर्ने प्रविधी ल्याईएको छ । जिल्ला समन्वय समितिको हलमा गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रको सामाजिक लेखापरिक्षण कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो । तिलगँगा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाईटी , चौतारा साँगाचोकगढी नगरपालिका र द फ्रेड होलवज फाउण्डेसनको सँयुक्त आयोजनामा उक्त सामाजिक लेखापरिक्षण गरिएको हो । सामाजिक लेखापरिक्षण कार्यक्रममा दुर शिक्षा प्रविधि सिन्धुपाल्चोकमा ल्याउन सरोकारवाला निकायसँग पहल गरिने समेत बताईएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका बालवालिकाको निशुल्क आँखा परिक्षण गरी चस्मा आबश्यक हुनेहरुका लागी चस्मा समेत वितरण गर्ने भएको छ । सामुदायिक आँखा अस्पतालले १० वजेदेखी २ वजेसम्म दिदै आएको सेवा अवदेखी ९ बजेदेखी ६ बजेसम्म दिने पनी जानकारी गराईएको छ ।...

सिन्धुपाल्चोकका ३२ वटा एम्बुलेन्समा अनलाइन जिपीएस ट्राकिङ्ग सुरु

ब्रेकिङ न्युज १, स्वास्थ्य
सिन्धुपाल्चेकमा रहेका ३२ वटा एम्बुलेन्सहरुलाई अनलाइन जिपीएस ट्राकिङ्ग सुरु गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको र फोन नउठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भनेर जवाफ आउने गरेको प्रसस्तै उदाहरणहरु छन् । सोही वाध्यता अन्त्य गर्नको लागि वागमती प्रदेश प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले यो अभियान सुरुवात गरेको हो । एम्वुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले हाल सिन्धुपाल्चोकका ३२ वटा एम्वुलेन्सहरुमा एक्डिभाइस जडान गरी धुलिखेलमा रहेको डिप्याच सेन्टरमा जडान गरिएको हो । स्वास्थ्य कार्यालयद्धारा सँचालित स्वास्थ्य सम्बन्धी गतिविधी विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापा...