सम्पर्क

कम्युनिष्टहरुसंगको सहकार्य तत्काल तोड्नु पर्दछ –के.स.भण्डारी

दमौली ,२९ पुस ।दमौली ,२९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुसंगको सहकार्य तत्काल तोड्नुपर्ने बताउँनुभएको छ। उँहाले कम्युनिष्टहरु संगको सहकार्यले काँग्रेसलाइ फाइदा नहुने बताउँदै काँग्रेसले काम गर्ने कम्युनिष्टहरु भाषण धेरै गर्ने भएकाले काँग्रेस एक्लै ले गरेको कामको जनताले मुल्याँकन पर्ने बताउँनुभयो ।
उँहाले कम्युनिष्टसंगको सहकार्य जति बढायो त्यति नै काग्रेसलाई घाँटा हुने हुँदा सहकार्य तत्काल तोड्नुपर्ने के।स।भण्डारीको जिकिर रहेको छ । कम्युनिष्टहरुलाई कांग्रेसले सधै विश्वास गर्दै आएको भएपनि कांग्रेसले गर्दै आएको विश्वास माथि घात गर्ने काम कम्युनिष्टहरुबाट हँुदै आएको के।स।भण्डारीको भनाइ रहेको छ । केन्द्रीय सदस्य भण्डारीले नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापना कार्यक्रममा बोल्ने क्रममा यस्तो बताँउनुभएको हो ।

मुलुक तीन तहको निर्वाचनको पूर्व सन्ध्यामा रहेको हुँदा आगामी निर्वाचमा एक्लैले बहुमत ल्याउनका लागि कांगेस आजै देखि तयारीमा जुट्नु पर्ने बताउँदै आगामी निर्बचनामा कागे्रसले गरेको कार्यको सत्य तथ्य कुरा लाइ नागरिक सामु लैजान सके मात्र पनी काँग्रेसको बहुमत आउने समेत के।स।भण्डारीको भनाई रहेको छ । खासगरी निर्वाचनका तयारीका लागि वडा तहसम्म कार्यक्रम लिएर जिल्ला कार्य समिति जानुपर्ने के।स।भण्डारीको भनाई रहेको छ । पार्टीको आन्तरिक प्रतिस्पर्धाको प्रतिशोध आजै त्याग्नुुपर्ने समेत के।स।भण्डारीको भनाई रहेको थियो।