सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीका –९ मा रहेको पाँचकन्या आधारभुत बिद्यालयमा सिमान्कृत समुदायका बिद्याथीहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको छ । राष्टीय प्रजातन्त्र पार्टीका नेता नारायणजङ्ग पाण्डेको छोरी कबीता पाण्डे लगायतले माझी समुदायका अध्ययनरत बिद्याथीहरुलाइ शैक्षिक सामाग्री बितरण गर्नुभएको हो । यस क्रममा शारदा प्रसाद चालीसे, ढकप्रसाद प्याकुरेल, दिपकराज खरेलले आफ्नो तर्फबाट नगद समेत सहयोग गर्नु भएको छ ।
