

ईन्द्रावती समृद्धिको आधार– शिक्षा , स्वास्थ्य, कृषी , स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने मुल नाराका साथ ईन्द्रावती गाउँपालिकाले बिहिवार गाउँ सभाको दशौं अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ ।
गाउँ सभाको गाउँपालिकाका अध्यक्ष बँशलाल तामाङले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाको सभा हलमा आयोजित दशौं अधिवेशनबाट चालु आर्थिक वर्षको हालसम्म कार्यपालिकाले गरेका निर्णयहरू अनुमोदन, विभिन्न योजना तथा कार्यक्रम हेरफेर र महत्वपूर्ण योजनाहरू प्राथमिकीकरण गरी प्रदेश र सँघिय सरकार तथा आयोग समक्ष माग गर्ने प्रस्तावहरूको विषयमा छलफल गरी पारित गरिएको छ ।
गाउँसभाले आन्तरिक नियन्त्रण प्रणली निर्देशिका २०७८, कृषी उपज सँकलन , प्रशोधन तथा विक्री केन्द्र सँचालन तथा ब्यवस्थापन कार्यविधी २०७८, नदीजन्य पदार्थहरुको सँकलन तथा विक्री वितरण सम्बन्धी कार्यविधी २०७८, अमानतबाट नदी जन्य पदार्थहरुको सँकलन सम्बन्धी कार्ययोजना २०७८ सम्बन्धी निर्देशिका र कार्यविधी पनि पास गरेको छ । त्यसैगरी दुधमा अनुदान उपलब्ध गराउने कार्यबिधी र मेलमिलाप सँचालन सम्बन्धी कार्यविधी पनि पास गरिएको छ ।
त्यसैगरी यस गाउँपालिकाभित्र पर्ने शिपाघाट ज्यामिरेमाने नवलपुर सिम्पाल काभ्रे सडकलाई भृकुटी मार्ग नामाकरण गर्ने प्रस्ताव पनि सभाले पास गरेको छ ।
ईन्द्रावती नदी किनारको परापुर्व काल देखी भोगचलन गर्दै आईरहेको ऐलानी जग्गा नापी , नक्शा गर्न आबश्यक बजेट सहित ब्यवस्था गर्न अनुरोध गर्ने निर्णय समेत सभामा भएको छ ।
