ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
२०७८ भादौ ८ गते सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका वडा नं.–३ बोल्देमा बस्ने वर्ष ३७ को पासलाल तामाङलाई आँखामा खुर्सानीको धुलो हाली धारिलो हतियार खुकुरी प्रहार गरि गम्भिर घाईते बनाई घटना पश्चात फरार रहेका सोही गाउँका वर्ष ३५ को आयुष तामाङलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले अभियुक्त तामाङलाई काठमाण्डौ जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर –८ माकलवारीबाट पक्राउ गरि जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई आवश्यक अनुसन्धान पक्रिया अगाडी बढाईएको छ ।
