राससद्धारा सिन्धुपाल्चोकका पत्रकार सुवेदीलाई पुरस्कृत सहिद सम्मान गर्ने
राष्ट्रिय समाचार समिति (रासस) ले सिन्धुपाल्चोकका पत्रकार देवराज सुवेदीलाई पुरस्कार सहित सम्मान गर्ने भएको छ । राष्ट्रिय समाचार समिति (रासस) ले ६१औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरेसंगै सुवेदी सम्मानित हुने हुनुभएको हो । रासस सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँहरुलाई ती पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बागमती प्रदेश बाट सुवेदी सङै पुरस्कृत हुने स्थानीय समाचारदाताहरुमा प्रदेश नं १ बाट दिलकुमार लिम्बू, (फुङलिङ, ताप्लेजुङ), मधेश प्रदेशबाट अजयकुमार साह, (धनुषा), गण्डकी प्रदेशबाट तारानाथ आचार्य (बलेवा, बागलुङ), लुम्बिनी प्रदेशबाट सुशीला रेग्मी, (रामपुर, पाल्पा), कर्णाली प्रदेशबाट मिमबहादुर रावल (कालीकोट) र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह...
