सम्पर्क

ब्रेकिङ न्युज १

मतदाता परिचयपत्रमा नागरिक समाजको ध्यानाकर्षण

ब्रेकिङ न्युज १, समाचार
हराएका मतदाता परिचय पत्र सम्बन्धी निर्वाचन आयोगले गरेको पछिल्लो व्यवस्था त्रुटीपुर्ण छ भन्दै नागरिक समाज सञ्जाल सिन्धुपाल्चोकले जिल्ला प्रशासन मार्फत निर्वाचन आयोगलाई सोमबार ज्ञापन पत्र बुझाएको छ । जिल्लामा क्रियाशिल नागरिक समाजका प्रातिनिधि संस्थाहरुले संयुक्तरुपमा हस्ताक्षर गरि उक्त ज्ञापन पत्र बुझाइएको हो । नागरिक समाज संञ्जालको संयोजक तथा गैरसरकारी संस्था सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटाको नेतृत्वमा गएका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई उक्त ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुभ्mदै प्रामुख जिल्ला अधीकारी खनालले यो महत्वपुर्ण विषयमा नागरिक समाजको यो कदम प्रसंशनिय रहेका बताउनु भयो । यसबारे सबै क्षेत्रको प्रयाप्त दवाव रहनुपर्ने समेत बताउनु भयो । यसै क्रममा नागरिक समाज सञ्जालका संयोजक गोविन्द प्रसाद सापकोटाले यस बारेमा नागरिक समाजका प्रतिनिधिहरुको मात्रै होइन यस ...

एमाले छाड्नुभएका गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश गर्दै

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमाले परित्याग गर्नुभएका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ । क्षेत्रीसहित उहाँका भाइ व्यावसायी कृष्ण क्षेत्री पनि आज कांग्रेस प्रवेश गर्न लाग्नुभएको हो । एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले चौतारामा पत्रकार सम्मेलन गर्दै केही समयअघि नेकपा एमाले छाडेको घोषणा गर्नुभएको थियो । क्षेत्री एमाले जिल्ला अध्यक्षका दाबेदार हुनुहुन्थ्यो । जिल्ला अध्यक्षमा यसअघिका सचिव कमल नेपाल चुनिएपछि क्षेत्रीले एमाले छाड्ने घोषणा गर्नुभएको हो । लामो समयदेखि एमालेका विभिन्न कमिटीमा रहेर काम गर्नुभएका क्षेत्री २०७४ सालको निर्वाचनमा बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । सिन्धुपाल्चोकका अर्का नेता सुवास कर्माचार्य पनि एमाले केन्द्रीय सदस्य हुन नपाएपछि नेकपा एसमा लाग्नुभएको छ ।...

मेलम्चीमा ७१ जनाले गरे रक्तदान

ब्रेकिङ न्युज १, स्वास्थ्य
मेलम्चीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन । सिन्धु विकास बैंक मेलम्ची शाखाको आयोजनामा आईतबार भएको कार्यक्रममा सर्वसाधारण, प्रहरी, कर्मचारी, व्यवसायी लगायत ७१ जनाले रक्तदान गरेका हुन । नेपाल रेडक्रस सोसाईटि सिन्धुपाल्चोक, भक्तपुर रक्त संञ्चार सेवाको समन्वय तथा प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको सिन्धु विकास बैंक मेलम्चीका प्रवन्धक सिताराम दुलालले जानकारी दिनुभयो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएकोमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको दुलालले जानकारी दिनुभयो ।  ...

खेलकुदमा गरेको लगानी अपुग– पुर्व मन्त्री बस्नेत

खेलकुद, ब्रेकिङ न्युज १
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले खेलकुद बिकासका लागि तीनै तहका सरकारको खेलकुदमा गरेको लगानी अपुग भएको बताउनुभएको छ । शनिबार रुपन्देहीमा भएको कन्चन गोल्ड कप–२०७८ को फाइनल खेललाई सम्बोधन गर्दे बस्नेतले खेलकुदमा तीनै तहका सरकारले उचित ध्यान दिन आग्रह गर्नुभएको छ । राज्यले समग्र खेल क्षेत्रमा प्रर्याप्त बजेट बिनियोजन गरी खेलकुदमा ब्यबसायीकरण गर्नु पर्ने पूर्व मन्त्री बस्नेतले जानकारी दिनुभयो । खेलकुदका लागि खेल मैदानका साथै पूर्वाधार निमार्णमा केन्द्रीय, प्रदेश र स्थानीय सरकार प्राथमिकताका साथ लाग्न पनि उहाँले आग्रह गर्नुभयो । खेलकुदले नै मुलुकलाई बिश्वमा चिनाउने हुदाँ सरकार यसतर्फ जिम्मेवार भएर लाग्नु पर्नेमा बस्नेतको जोड छ । नेपाली काँग्रेस खेलकुद बिभाग प्रमुख समेत रहेका बस्नेतले आफूले सिन्धुपाल्चोक र अन्य जिल्लामा सबै खेल क्षेत्रका लागि प...

भूसेवासम्बन्धी काममा स्थानीय तहको अनिच्छा

ब्रेकिङ न्युज १, समाचार
सरकारले जग्गा प्रशासन तथा भूसेवासम्बन्धी कार्य गर्न स्थानीय तहलाई अनुमति प्रदान गरे पनि स्थानीय तहले सेवा सञ्चालनमा अनिच्छा देखाएका छन् । सिन्धुपाल्चाकेकमा १२ स्थानिय तहमध्ये तिन स्थानिय तहले मात्रै भूसेवासम्बन्धी कार्य गर्न अनुमति लिएको जिल्ला मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत चण्डीप्रसाद कोईरालाले जानकारी दिनुभयो । कोईरालाका अनुसार भूसेवासम्बन्धी कार्य गर्न अनुमति लिने स्थानिय तहहरुमा पाँचपोखरी थाङपाल गाउँपालिका, ईन्द्रावती गाउँपालिका र जुगल गाउँपालिका रहेका छन् । अन्य स्थानिय तहले भने यसमा चासो देखाएका छैनन् । जिल्ला मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कोईरालाका अनुसार पालिकामै जग्गा प्रशासन र भूसेवा सञ्चालन गर्दा हालको भन्दा धेरै राजस्व सँकलन गर्न सक्ने व्यवस्था भएको भए सेवा सञ्चालनका लागि आकर्षित हुने थिए । स्थानीय तहमा जग्गा प्रशासन तथा भूसेवा सञ्चालन गर्न जनशक्ति अभाव छ । व...

भोताङले चुम्यो पाँचपोखरी टि – २० क्रीकेटको उपाधी

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी टी–२० जिल्लास्तरीय प्रतियोगिताको उपाधी पाँचपोखरी भोताङ क्रीकेट क्लबले हात पारेको छ । शनिबार भएको फाइनलमा पाँचपोखरी क्रीकेट टोलिलाइ ६८ रनले पराजित गर्दै भोताङले उपाधी संगै नगद ७५ हजार सिल्ड मेडल प्राप्त गरेको छ । दोश्रो भएको पाँचपोखरी क्रीकेट क्लवले ४० हजार पाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरेको थियो । विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न उक्त गाउँपालिकाका आठवटै वडामा क्रिकेट खेलकुद सामग्री वितरण गरिएको थियो । प्रतियोगितालाई ...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन २०७४ मा बाह्रबिसे नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित बमबहादुर तामाङ नेकपा एमाले मा प्रवेश गर्नुभएकाे छ । एमाले विभाजनपछि समाजवादीमा गएका जनप्रतिनिधि बाहेक सिन्धुपाल्चोकमा निर्वाचित जनप्रतिनिधि नै अर्को पार्टी मा प्रवेश गरेको यो पहिलो घटना हो । एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल लगायत एमाले नेताहरुले वडा अध्यक्ष तामाङ सहित कांग्रेस कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएका थिए ।सत्तरी उपनामले समेत बाह्रबिसे क्षेत्रमा चर्चित काग्रेस स्थानीय नेता समेत रहेका वडा अध्यक्ष तामाङ २०४० सालदेखि काग्रेस मा कृयाशिल रहजुभएकाे थियाे । माओवादी द्वन्द्वकालमा कांग्रेस भएको कारण तामाङलाई माओवादी ले गोलि प्रहार समेत गरेर घाइते बनाएको थियो । पार्टी प्रवेश गर्दै वडा अध्यक्ष त...

पाँचपोखरी टि ट्वान्टी जिल्ला स्तरिय प्रतियोगिताको फाइनल आज

खेलकुद, ब्रेकिङ न्युज १
मुलपानी मैदानमा जारी पाँचपोखरी टि२० जिल्ला स्तरियप्रतियोगिता फाइनलमा पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टिम खेल्नेभएका छन । पाँचपोखरीले पहिलो सेमिफाइनल खेलमा चौतारासाँगाचोकगढी नगरपालिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । अर्कोसेमिफाइनलमा पाँचपोखरी भोताङ क्रिकेट टिमले सानु सिरुवारीलाई ७० रनलेहराउँदै फाइनलमा स्थान बनाएको छ । प्रतियोगितामा ७ टिम सहभागि थिए । फाईनल खेलआज हुने छ ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोकजिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजनागरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा ‘जितबहादुरखड्का स्मृति पाँचपोखरी सुपर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करणसफलतापूर्वक सम्पन्न गरिसकेको छ ।विश्वमै देखिएको कोरोना महामारीका कारण चौथोसंस्क...

दलित मुक्ति मोर्चाको मेलम्ची नगर भेला सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
नेपाल दलित मुक्ति मोर्चाको मेलम्ची नगरपालिका स्तरिय भेला सम्पन्न भएको छ । मेलम्ची बजारमा भएको भेलाले रमेश बि.कको अध्यक्षता मा ३५ सदस्यीय नगर समिति र १३ सदस्यीय नगर सल्लाहकार समिति पनि गठन गरेको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार समिति सदस्य तथा नेपाल दलित मुक्ति मोर्चा केन्द्र को सँघ सस्था बिभाग का प्रमुख बलराम बि.कको प्रमुख आतिथ्यमा र बागमती प्रदेश समिति सदस्य रोहिनी बि.क तथा पार्टी प्रदेश समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सचीव उद्घन आलेमगरको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । मोर्चाको मेलम्ची नगर भेला सँगै सात ओटा स्थानीय तहको भेला सम्पन्न भएको जानकारी दलित मुक्ति मोर्चाका जिल्ला सचिव रबिन्द्र खातीले दिनु भएको छ । पार्टीको नगर समिति अध्यक्ष गोपाल नेपाल , उपाध्यक्ष सुदर्शन सापकोटा लगायतका पार्टी नेताहरुको उपस्तिथि रहेको...

सिन्धुपाल्चोक कांग्रेस अधिवेशन ः नेतृत्वमा कसले मार्ला वाजी ?

ब्रेकिङ न्युज १, राजनिती
नेपाली कांग्रेसको विवादित १६ वटा जिल्लाको अधिवेशन पटक–पटक सर्ने क्रम अब रोकिने देखीएको छ । यस्तैमा सिन्धुपाल्चोक जिल्लाले यही फागुन २७ र २८ गते अधिवेशन गर्ने घोषणा गरेको छ । यो घोषणासँगै चुनावी माहोलले जिल्लाका नेता–कार्यकर्तालाई ऊर्जा थपिएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा नगर र गाउँ अधिवेशन सम्पन्न भएको छ । १२ वटा स्थानीय निकायमा गाउँ र नगर अधिवेशनबाट धेरैजसो नयाँ अनुहार नेतृत्वमा आएका छन् । सिन्धुपाल्चोकमा अहिले पार्टी सभापतिका लागि आधा दर्जन अनुहार देखिएका छन् । यीमध्ये तीन जनाको उमेदवारीलाई महत्का साथ हेरिएको छ । गाउँपालिकालाई पटक–पटक जिल्लाकै प्रथम बनाउन सफल वंशलाल तामाङदेखि प्राध्यापक, पूर्व क्षेत्रीय सभापतिले समेत उमेदवारी घोषणा गर्नुभएको छ । वंशलाल तामाङ तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको साहसिक–ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सा...