सम्पर्क

ब्रेकिङ न्युज १

मेलम्चीमा आँगलागी हुँदा ३ पसलमा क्षति

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको मेलम्ची बजारमा लक्ष्मी पुजाको दिन मध्यरातमा आगलागी हुँदा तिनवटा पसलमा क्षति पुगेको छ । आगलागिमा तिनवटा पसलमा गरि १ करोड ९४ लाख ७५ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी निरिक्षक उत्तम सिंह भण्डारीका अनुसार न्यु मेलम्ची सप्लायर्समा ९ तोला सुनसहित १ करोड ३७ लाख बराबरको क्षति भएको छ । त्यसैगरी बिजी बेकरी हाउसको ४२ लाख ७५ हजार र सँगै रहेको होटलमा १५ लाख बराबरको क्षति भएको प्रहरी निरिक्षक भण्डारीले जानकारी दिनुभयो । आगो स्थानिय बासिन्दा , सुरक्षाकर्मी र पाँचखाल नगरपालिकाको दमकलको सहयोगमा निभाईएको थियो । आगलागिको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।...

तिहार शुरु भए सँगै शुभकामना कार्यक्रममा तिब्रता

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
निर्वाचनको मिती नजिकीदै जँदा सिन्धुपाल्चोक जिल्लाको २वटै निर्वाचन क्षेत्रमा बिभिन्न राजनिती दलका नेता तथा कार्यकर्ताहरु ले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेर नागरिकलाइ आफ्नो पक्षमा पार्ने काम भइरहेको छ ।  शुभ दिपावली , नेपाल सम्बत, तथा छठको अबशरमा शुभकामना आदन प्रदान कार्यक्रलाइ तिब्रता दिइरहँदा मेलम्ची नगरपालिकाले जिल्लाका प्रतिस्पर्धी दूइ उम्मेदवार सहीत बिभिन्न राजनिती दल, समाज सेवी बिभिन्न संघ सस्थाहरुलाइ एउटै मञ्चमा राखेर यो कार्यक्रम गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका पुर्ब मन्त्री २ नं क्षेत्र प्रतिनिधी सभाको गठबन्धनका तर्फका उम्मेदवार मोहन बहादुर बस्नेत र नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा पुर्ब मन्त्री २ नं क्षेत्र प्रतिनिधी सभाको एमालेका उम्मेदवार शेर बहादुरतामागं नेकपा समाजबादीका भगवती नेपाल लगाएत नेकपा माओबादी केन्द्रका प्रतिनिधी तथा बिभिन्...

संविधान संरक्षणका लागी गठबन्धनको आवश्यक ः मोहन बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
संविधान रक्षा संरक्षण र स्थायी बिकासका लागी गठबन्धन आजको आबश्यकता भएको र राज्यको आवश्यकता हेरेर नेपाली काँग्रेसले गठबन्धन गरेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । नेपाली काँग्रेस सँधै जनताको पक्षमा काम गर्दै आएको र नागरिकको समस्या समाधान गर्न काँग्रेसको नेतृत्वको आवश्यक भएकाले गठबन्धन भएको बताउँदै जिल्लाको बिकासका लागी गठबन्धनलाई जिताउँन पर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला २ नं क्षेत्र इन्द्रावती गाँउपालिका ज्यामिरे मानेमा बाम लोकतान्त्रिक ईन्द्रावती गाउँपालिकाद्वारा आयोजित तिहार बिशेष चियापन कार्यक्रमको प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले यस्तो बताउँनु भएको हो । केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बिकासका लागी स्थानीय नागरिकको समस्या समाधानका लागी आफु सँधै खटिरहने बताउँदै गठबन्धनलाई चुनाव जिताएर जिल्ला बिकासमा सहयोग...

विकासको अभिभावक मोहनबादुर बस्नेतभएकोदाबी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धपाल्चोक जिल्लाको विकासको अभिभावक नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबादुर बस्नेत भएको जिल्ला स्थीत काँग्रेस तथा कम्युनिष्टका नेताहरुले बताएका छन । सिन्धुपाल््चोकजिल्लामा सत्ता गठबन्धनका साझा उम्मेदवारहरु उम्मेदवारी मनोनयनपछि कांग्रेस–माओवादीका उम्मेदवाहरु सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक एकैसाथ देखिदै निर्वाचनमा एकसाथ जाने उद्रघोष गरेका छन । गठबन्धनमा आवद्ध दलका चौतारा साँगाचोकगढी नगर समितिले आयोजना गरेको संयूक्त अगुवा कार्यकर्ता भेला मा सहभागी नेपाली काँग्रेस नेकपा माओबादी नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले बस्नेतलाइ अभिभावकीय भुमीका दिदै अगाडी बढ्ने बताएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २का उम्मेदवार बस्नेतको प्रमुख अतिथ्यतामा र नेकपा माओबादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवार माधव सापकोटा (सुव...

नेपाल बार एशोसिएसनको पदाधिकारीद्धारा पदभार ग्रहण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल वार एशोसिएसन जिल्ला अदालत वार इकाइ सिन्धुपाल्चोकका नव निर्बाचित पदाधिकारीहरुद्धारा पदभार ग्रहण गरेका छन । गत असोज २८ गते भएको बारको १७ औ अधिवेशनवाट भुपेन्द्र थिङको अध्यक्षतामा नयां कार्य समिति सर्वसम्मत निर्वाचित भएको थियो । नव निर्वाचित कार्यसमितिका पदाधिकारी हरुलाइ माननिय जिल्ला न्यायधिस विदुर कोइराला द्धारा शुक्रबार सपथ ग्रहण गराउँनु भए सँगै नवनिर्बाचित पदाधिकारीहरुले आआफ्नो पदभार ग्रहण गरेका छन । बारको निर्वाचन संयोजक रोहिणीराज जोशी ले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नु भएको थियो। नवनिर्वाचित कार्यसमिति अध्यक्ष लगायतलाइ जिल्ला अदालत सिन्धुपाल्चोकको तर्फवाट माननिय जिल्ला न्याधिस विदुर कोइराला र श्रेस्तेदार राजेन्द्र वाग्ले ले बधाइ साथमा खादा टिका लगाइ स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रमको सभाध्यक्ष श्री रोहिणीराज जोशीले गर्नुभएको थियो भने कार्यक्रम माननिय जिल्ला न्याधिश विद...

निर्वाचन नजीकीदै गर्दा दलहरुका कार्यक्रममा तिब्रता

अन्तर्वाता, ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते को दिन नजीकीदै गर्दा चुनावी प्र्तिस्पर्धामा रहेका दलहरु ले बिभिन्न कार्यक्रम गर्दै मतदातालाइ आफ्नो पक्षमा तान्न थालेका छन । नेपाली काँग्रेस सहीत नेकपामाओबादी, नेकपा समाजबादी, राष्ट्रीय जनमोर्चा ले सयुक्त रुपमा गठबन्धनका उम्मेद्वारलाइ जिताउँन अपील गरे सँगै गठबन्धन दलहरुले शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमलाइ तिब्रता दिइरहेका छन । यसै सन्धर्भमा गठबन्धनका तर्फबाट बिहीबार राजधानीमा एक कार्यक्रम भएको छ। कर्यक्रममा प्रमुख अतिथीको तर्फबाट शुभकामना दिदै पुर्ब मन्त्री नेपाली काँग्रेसको केन्द्रीय सदस्य प्रतिनिधी सभा क्षेत्र न २का उम्मेदवार मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा बिकासका लागी आफुले निर्वाचन लडेको बताउँदै टुरीष्ट भनेको केहो? स्पष्ट हुन पर्ने बताउँनुभयो । आफु समग्रमा दुखी पिडीतलाइ सहयोग गर्दे आएको, बिकासका काममा आफुले गरेका कामहरुको नागरिकले मुल्याकंन गरिरहेको बत...

भोटेकोशी आसपास केन्द्रविन्दु भएर भुकम्प

ब्रेकिङ न्युज १, समाचार
बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भुकम्प मापन तथा सुचना केन्द्रका मुकुन्द भट्टराईका अनुसार सिन्धुपाल्चोक जिल्ला र चिनियाँ सीमा क्षेत्र आसपास केन्द्र भएर भूकम्प गएको हो । काठमाडौं उपत्यका, रामेछाप ओखलढुङ्गा लगायत चिनियाँ सीमा क्षेत्रसँगै यसको प्रभाव यस आसपासका क्षेत्रमा परेको छ ।...

प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन ३३ दिन बाकीे छ । निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइ वितरण शुरु भइसकेको छ । हालसम्म बागमती, मधेश र प्रदेश–१ का...

बिभिन्न कार्यक्रम गरी मनाइयो ६७ औ प्रहरी दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सोमबार नेपालमा देसैभर ६७ औं प्रहरी दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । यसरी दिबस मनाउँने सिलसिलामा सिन्धुपाल्चोकमा पनी प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको प्रमुख अतिथ्यतामा दिबस मनाइएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्राङ्गणमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बेदनिधि खनालको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यलयको कार्यालय प्रमुख प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव सभापतीत्वमा दिबस मनाइएको हो । अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गर्नु हुँदै प्रमुख अतिथी खनालले आफ्नो कर्तब्य पालना गर्ने सिलसिलामा बिभिन्न मितीमा ज्यानगुमाएकाहरुको अत्मा शान्तीको कामना गर्नु भयो । कार्यक्रममा टेबुल टेनिस, प्रतियोगितामा प्रथम र द्धितिय हुने प्रहरी कर्मचारीहरूलाई प्रमाण(पत्र वितरण र यस कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत रहेका उत्कृष्ट कार्य गर्ने प...

सङ्कटमा मादल व्यवसाय

ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु हुनुहुन्छ । उहाँले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उहाँलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके । उहाँले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई पाँचा÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ...