सिन्धुपाल्चोकको मेलम्ची बजारमा लक्ष्मी पुजाको दिन मध्यरातमा आगलागी हुँदा तिनवटा पसलमा क्षति पुगेको छ । आगलागिमा तिनवटा पसलमा गरि १ करोड ९४ लाख ७५ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी निरिक्षक उत्तम सिंह भण्डारीका अनुसार न्यु मेलम्ची सप्लायर्समा ९ तोला सुनसहित १ करोड ३७ लाख बराबरको क्षति भएको छ । त्यसैगरी बिजी बेकरी हाउसको ४२ लाख ७५ हजार र सँगै रहेको होटलमा १५ लाख बराबरको क्षति भएको प्रहरी निरिक्षक भण्डारीले जानकारी दिनुभयो ।
आगो स्थानिय बासिन्दा , सुरक्षाकर्मी र पाँचखाल नगरपालिकाको दमकलको सहयोगमा निभाईएको थियो । आगलागिको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।
