सम्पर्क

ब्रेकिङ न्युज १

मेलम्ची नगरले शिक्षा सिकाइमा बिषयबिज्ञ नियुक्त गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
शिक्षा क्षेत्रलाई मेलम्ची नगरपालिकाले विशेष महत्व दिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । उहाँले नगरपालिकाले शिक्षण सिकाइका लागी बिषयविज्ञ नियुक्त गर्न लागेको जानकारी दिदै यसले शिक्षामा गुणस्तरीय परिबर्तन आउने बिश्वास ब्यक्त गर्नुभयो । उाहाले बिद्यालयका पुर्ब बिद्यार्थीहरुको आथीृक सहयोगमा निर्मीत सरस्वती मन्दीरको उद्धघाटन समारोहलाइ समबोधन गर्दै यस्तो बताउँनु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि तामाङले बिद्यार्थीको शैक्षिक गतिविधिको बारेमा अभिभावक ,शिक्षक,बिद्यालय ब्यबस्थापन समिति लगायतले विशेष चासो राख्नुपर्नेमा जोड दिनुभयो । ६० सालको एस एल सि ब्याजले गरेको कामको चर्चा गर्दै शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने बताउनुभयो । नगर प्रमुख तामाङले यो बर्ष बाट टेण्डर आह्वान गरेर पुल निर्माणको काम सुरु हुने जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौर स्थित बालसुध...

मृगौला पीडित गहतराजलाई आर्थिक सहयोग

ब्रेकिङ न्युज १, समाचार
जन्मभूमि सामाजिक संस्थाद्धारा मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका – १३ ठुलोसिरुवारी, कोटडाँडा घर भएका दुबै मृगौला पिडित तिलक बहादुर गहतराजलाई वीर अस्पतालमा नै पुगेर सामाजिक संस्थाद्धारा आर्थिक सहयोग नगद ३८१००।– (अक्षेरुपी अठ्तिस हजार एक सय रुपयाँ) हस्तान्तरण गरिएको संस्थाका सचिव सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा तथा संस्थाका सल्लाहकार डा.शर्मिला मोक्तान ज्यु उपाध्यक्ष नारायण श्रेष्ठ, सचिव सुमन कुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु प्रमिला बस्नेत थापा, अम्बर बहादुर राई( राईकान्छा), झम्क बहादुर श्रेष्ठ, हेम बहादुर अधिकारी आजिव तथा पुर्व बरिस्ठ उपाध्यक्ष लेख बहादुर श्रेष्ठ, मानार्थ उर्मिला अधिकारी, आजिवन सदस्यहरु रमिला दाहाल, लक्ष्मि श्रेष्ठ, अम्बिका गौतम श्रेष्ठ , समाजसेवी रामशरण बि.क, मेगनाथ चौलागाई, धुर्व गहतराज...

स्व. राजा रानीको गौराती भीमेश्वर भिडीयो सार्वजनिक

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मन्दीरमा दर्शन गरे पछी मनोकामना पुरा हुने जन बिश्वास रहेको छ । त्यह िशक्तीशाली मन्दीरमा पनी तत्कालीन श्री ५ महाराजधिराज स्व बिरेन्द्र बिरबिक्रम शाह र महारानी स्व एश्वर्य ले २०५३साल मंसीर २गते आफ्नो राजगद्दी आरोहणको रजत उत्सवको अबशर पारेर पुन निर्माण भएको मन्दीरको उद्धघाटनका साथै रुद्राक्षको बिरुवा समेत रोप्नु भएको थियो । अहीले पनी त्यस स्थानमा जाँदा राजा भएकै झल्को देखीने गरेको छ ।  मन्दीर प्रबेश सँगै नागदेवताको मुर्तीमा राजा रानीको नाम लेखिएको छ भने रुद्राक्षको रुखमा पनी नाम लेखीएको छ । पुर्ब प्र. जि.अ स्व. राम कृष्ण भुर्तेल, पुर्ब प्र. ना. उ सुरत  बहादुर शाह समाज कल्याण परिषद का पुर्ब सदस्य सचिब डा. जयन्द्र श्रेष्ठ कोपहलमा कार्यक्रम भएको गौराती युवा क्लबका सल्लाहकार बिशाल लामाले जानकारी द...

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

ब्रेकिङ न्युज १, समाचार
गलकोट, बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने रङ्गरोगनपछि चिटिक्क भएको छ । दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुनर्निर्माणसहित रिसोर्ट बनाउन थालिएको हो । दरबार आकर्षणको केन्द्रको रुपमा विकास भइसकेपछि पर्यटकलाई लक्षित गरी आवासीय सुविधा सहितको रिसोर्टको काम पनि धमाधम चलिरहेको छ । दरबारमा रहेको पुरानो घर र गोठलाई मौलिक रुपमा पुनर्निर्माण गरिएको छ भने तत्कालीन मल्ल राजाले निर्माण ...

जाडो छल्न नेपाल आइपुगे चरा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
राष्ट्रिय समाचार समिति (रासस) बेलबारी (मोरङ), २ मङ्सिर : जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख...

अमेरिकाको अध्यागमन हिरासतमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
अमेरिकाको अध्यागमन हिरासतमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु भएको छ । अबैध बाटोबाट अमेरिका छिरेका सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका–६ का ३४ बर्षीय सुवास श्रेष्ठको टेक्सासस्थित र्कोस सिटी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा नोभेम्बर १३ (सोमबार) मृत्यु भएको अमेरिकाको इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आइसीईले पुष्टि गरेको छ । मृतक श्रेष्ठको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उहाँ घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उहाँ काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उहाँ मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उहाँलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनक...

पूर्वाधारको पर्खाइमा मालिका धुरी

ब्रेकिङ न्युज १, समाचार
म्याग्दी, ३० कात्तिक : प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सहज पदमार्ग, आवास, खानेपानीलगायत पूर्वाधारसँगै मालिकाको धार्मिक तथा पर्यटकीय महत्वका बारेमा पर्याप्त प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । “सुन्दर दृश्यावलोकन गर्न सकिने मालिकामा विदेशी पर्यटक भित्र्याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “विशेष पूजाआजा हुने चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीबाहेकका दिनमा भक्तजन...

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २९ कात्तिक ः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्व...

खेल जगतको बिकास नै स्वास्थ्यको मुल जरो ः बस्नेत

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  खेल जगतको बिकास नै स्वास्थ्यको मुल जरो भएको बाह्र्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले शनीबार गाती युवाक्लब द्धारा आयोजित फुटबल प्रतियोगिता २०८० समापन समारोह लाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले बिशेष गरी खेलकुदको माध्ययमबाट शरिरलाइ स्वच्छ राख्न सकीने भएकाले पछील्लो समयमा यस प्रती आकर्षण बढेको बताउँनु भयो ।  नगरबासीलाइ कसरी स्वस्थ्य राख्न सकीन्छ भनेर नगरपालिका लागी परेको र नगरबासीहरको माग बमोजिम स्वस्थका लागी योगाको कार्यक्रम गरेको र खेलका लागी मागका आधारमा आबश्यक सहयोग गरिरहेको बताउँनु भयो । उँहाले नगरबासीको स्वास्थ्यका लागी आफु नगर प्रमुख नहँुदा पनी आबश्यक सहयोग गरिरहेको र भबस्यिमा पनी सकेको सहयोग गरिरहने बताउँनु भयो । आफु स्वयम खेल प्रेमी भएकाले पनी खेलकुद बिकासमा सहयोग गर्न चासो लाग्ने बताउँदै आजको खेलमा पहीलो बन्न सफल सुनखानी युवाक्...

नेपालीको दोस्रो ठूलो चाड तिहार (यम पञ्चक) सुरु 

ब्रेकिङ न्युज १, समाचार
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उहाँले भन्नुभयो । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी ...