सम्पर्क

ब्रेकिङ न्युज १

रसुवा सहित तिन जिल्ला समन्वय प्रमुख चौतारामा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर प्रसाद थापा, जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारी र जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे सहितको टोलीले सिन्धुपाल्चोक जिल्ला समन्वय प्रमुखसँँग भेट गर्नुभएको छ । भेटघाट तथा भ्रमणको सिलसिलामा सिन्धुपाल्चोक आइपुग्नु भएका समन्वय प्रमुखहरुले सिन्धुपाल्चोकमा भए गरेका कामहरुका बारेमा चासो राख्नुभएको थियो । सोही अवसरमा आ–आफ्ना जिल्लाका गतिबिधीका बारेमा समेत जानकारी गराईएको जिल्ला समन्वय समिति सचिवालय सिन्धुपाल्चोकका प्रेम दङ्गालले जानकारी दिनुभयो।उँहाका अनुसार जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको सभाहल चौतारामा जिल्ला समन्वय समितीका प्रमुखहरुलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले स्वागत गर्नु भएको थियो । समन्वय प्रमुख श्रेष्ठले अतिथी सत्कारका साथै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । भेटघाट सकार...

ट्राफिक प्रहरीद्धारा छड्के चेक

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका सन्तोष ज्ञवाली प्राय दुर्घटनाको जोखिम हुने स्थानमा अघोषित रुपमा सवारी गती तथा कागजपत्र चेकजाँच तथा सवारीको अबस्थाका बारेमा जानकारी लिन ब्यस्त रहनु भएको छ ।  ट्राफिक प्रहरी प्रमुख ज्ञवालीले आफ्नो पहिलो दायित्व भनेकै दुर्घटना शुन्यमा लैजानु हो भन्दै सकेसम्म दुर्घटना हुनै नदिनका लागी सम्भाबित स्थानहरुमा सवारी चेकजाँच गर्ने यसो गर्दा सवारीको गती कमी हुने प्रहरीले चेकजाँच गर्ने ठाउँ भनेपछी सवारी चालकले अरु समय भन्दा अलि होसियार पुर्बक सवारी चलाउँने हुँदा दुर्घटना पनी नहुने र सवारी सञ्चालनमा हुने गरेको अनियमितता पनी नहुने भएकाले यसरी सवारी चेकीङ्ग गरेको प्रमुख ज्ञावलीलले बताउँनु भयो । प्रायगरी ट्राफिक प्रहरीले बन्देउ चौतारा सडक, बाह्रबिसे सुकुटे बलेफी क्षेत्रका सडकहरुमा सवारी चेकजाँच गरिरहेको छ ।...

वडा सदस्यलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा जाहेरी

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ का बलराम गिरी लगाएत १० जनाले आफुहरुलाई अभद्र व्यवहार गर्दै आफुहरुको ज्यान मार्ने धम्की दिएको सोही वडाका वडा सदस्य दिलीप गिरीले बताउँनु भएको छ । वडा सदस्य गिरीले आफुहरु जनप्रतिनिधी भएका कारण समाजमा बिकास निर्माणका कामहरु देखी लिएर बिभिन्न सामाजिक कामहरुका साथ प्रत्यक्ष वडाबासीकहाँ पुग्न पर्ने भएकाले जुन बेला जे पनी हुन सक्ने भन्दै सुरक्षाका समेत माग गरिएको बताँउनु भयो । उहाँले जिल्ला प्रहरी कार्यालयमा बुझाएको निबेदनमा स्थानीय बलराम गिरी सहितको उक्त अराजक समुहले खानेपानी, सिचाइ, तथा सडक खन्ने बिषयमा सरोकार वालाहरुलाई बोलाइ उपभोक्ता समितीका बारेमा छलफल गर्न लाग्दा मंसिर १४ गते दिनको १ बजेका समयमा एक्कासी बैठक हलमा प्रबेस गरी कार्यालय प्रमुख वडा सचिब लक्ष्मी प्रसाद धमलालाई जबर्जस्ति सचिबको कुर्सीबाट हटाएर हातपात गरी वडा कार्यलयबाट बाह...

खेल जगतले विश्वसामु चिनाउछ ःस्वास्थ्य मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेल जगतले विश्वसामु चिनाउने बताउनुभएको छ । बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई समापन गर्दै यस्तो बताउनुभएको हो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको उल्लेख्य गर्दै खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउने बताउनुभयो । सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतको रकम समयमै दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र खेलाडी र खेल क्षेत्रको भविष्य रहने बताउनुभयो । आफु पनि खेलाडी रहेको भन्दै उहाँले जिल्लामा खेलाडी उत्पादन गर्न आफु सदैव साथ रहेको उहाँको भनाई छ । उहाँले क्रिकेट अहिले लोकप्रिय र देशलाई चिनाउन सफल खेल भएको भन्दै अन्य खेल र खेलाडीलाई पनि आ आफ्नो खेलमा अझै मेहनत गरे सफलता प्राप्त गर्न सकिने बताउनुभयो । हाँले राम्रा...

स्वास्थ्यको मुल श्रोत भनेकै खेलकुद हो ः बस्नेत

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
स्वास्थ्यको मुल श्रोत भनेकै खेलकुद भएको बाह्र्रबिसे नगरपालिकाक प्रमुख बाल कृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले कुनै पनी प्राणीहरुको शारिरीक बिकासका लागी स्वास्थ्यको महत्व हुन्छ , प्राणीहरु स्वास्थ्य रहनका लागी शारिरीक वायमको आबश्यकता हुन्छ , त्यो खेलकुदमा मात्र छ । त्यसैले यसको मुलश्रोत भनेको खेल जगत भएका ले यसको बिकासका लागी आफु लागी परेको बताउँनु भयो । उँहाले मङ्गलबार तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समुद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । बाह्रबिसे नगर पालिकामा यसरी प्रतियोगिता गर्न पाउँदा आफुलाइ खुशी लागेको बताउँदै बस्नेतले यसका लागी नगरपालिकाले आबश्यक व्यवस्थापन गरेको बताउँनु भयो । मङ्गल बार र बुधबार गरी दुइ दिन सम्म चल्ने उक्त प्रतियोगितामा सात प्रदेश,तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ र आयोजकको एक गरी ११ समुहका खेलाडीहरु सहभागी रहनु भएको छ । ‘खे...

जुगलको बिकट गुम्बा गाउँमा विद्युतीकरण उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकास्थित बिकट गुम्बा गाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधि सभा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता माधव सापकोटा ’सुबोध’ले मंगलबार विद्युतीकरणको उद्घाटन गर्नु भए को हो ।सांसद सापकोटाले गुम्बा गाउँमा आयोजित कार्यक्रममा विजुली बालेर कार्यक्रम सुभारम्भ गर्नु भएको हो ।गत बर्ष सुरु विद्युतीकरण कार्यक्रममार्फत जुगलका लेकाली गाउँहरु अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको छ । निवर्तमान सभामुख, माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटा र प्रतिनिधिसभा सदस्य माधब सापकोटाको बिशेष पहलमा जुगल गाउँपालिका ३ ( साबिकको गुम्बा गा. वि. स. ) को गुम्बा, क्याङसिङ र अम्बाखर्कमा बिजुली बलेपछि स्थानीय खुसी भएका छन् । जनप्रतिनिधि नहुँदै जुगल हिमाल आरोहणमा सहभागी हुनुभएका सापकोटाले सो क्षेत्रमा निर्वा...

आगोलागि पिडितलाई राहत

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । सोमबार बाह्रविसे नगरपालिका –८ मा आगलागी हुँदा लोक बहादुर नेपालीको मृत्यु भएको थियो । बाह्रबिसे नगरपालिका उपप्रमुख मन्जु तामाङको संयोजकत्वमा विपत व्यवस्थापनका प्रमुख दुर्गा प्रसाद भण्डारी, इलाका प्रहरी तथा वडाको सचिवलगायतको टोलीले घटना स्थलमा पुगेर सामाग्रीहरू हस्तान्तरण गर्नुभएको छ । पिडित परिवारलाई तत्कालका लागि अति आवश्यक खाद्यान्न लत्ताकपडा लगायतका सामग्री वितरण गरेको नगरपालिका उपप्रमुख मन्जु तामाङले जानकारी दिनुभयो । सोमबार बेलुकी सवाँ ८ बजेतिर घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई घरभित्र रहेको एलपी ग्याँस सिलिन्डर पड्किदा ४५ का लोक बहादुर नेपालीको मृत्यु भएको थियो ।...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

ब्रेकिङ न्युज १, समाचार
सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बागमती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले नगरका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको हो । सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै नेपाली र अङ्ग्रेजी माध्यमबाट सिकाइ, शिक्षकको पनि प्रयोगात्मक परीक्षा, विद्यालयका लागि अतिरिक्त क्रियाकलाप सुरु गरेपछि निजी विद्यालय छोडेर सामुदायिक विद्यलायमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या बढेको नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले नगरपालिकाको पहलमा वृहत राष्ट्रिय शिक्षा अभियानका अभियान्ता अभिषेक घिमिरेले नगरभित्रका...

अपाङ्गता भएका विद्यार्थीलाई स्वीटर वितरण

ब्रेकिङ न्युज १, समाचार
३२ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माध्यमिक विद्यालया अपाङ्गता भएका १२ जना बालबालिकालाई स्वीटर वितरण गरिएको छ । १८ बर्ष मुनिका विद्यालय जाने शारिरीक र मानसिक रूपमा अपांगता भएका बालबालिकाहरू लाई गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्य र वडाध्यक्ष सुके तामाङको अध्यक्षतामा आज सो सामग्री वितरण गरिएको महिला बालबालिका तथा जेस्ठ नागरिक शाखाकि प्रमुख शारदा उप्रेतीले जानकारी दिनुभयो । आगामी दिनमा बाँकी रहेका विद्यालयमा पनि वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।...

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १६ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थाल्नुभएको थियो । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको छ । मन्त्री यादव पानी काठमाडौँ चाडो पठाउने विषयमा छलफल गर्न भन्दै आज पनि त्यतै बस्नुभएको छ । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुट्न...