गुठी (रेष्ट), पैरवी समूह र अलम समूहकोवृक्षारोपण कार्यक्रम भिमेश्वरीमा
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट), पैरवी समूह र अलम समूह सिन्धुपाल्चोकले मेलम्ची नगरपालिकाको बाहुनेपाटी र फटकशिला र इन्द्रावती गाउँपालिका वडा नं १२ को श्री भिमेश्वरी मा.वि. हाताभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय क्षेत्रलाई सुन्दर र हराभरा बनाउनको लागी वर्षे विदाको समयलाई सदुपयोग गर्दै श्री राजेश्वरी मा.वि र श्री भिमेश्वरी मा.वि. का छात्राहरु, रेष्ट पैरवी समूह, अलम समूह र रेष्ट जिल्ला कार्यालय सिन्धुपाल्चोकले संयुक्त आयोजनामा यस कार्यक्रम सम्पन्न गरेको हो। रेष्ट अल्मुनाई,अलम समूह रेष्टको बालीका शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत कक्षा १० पास गरीसकेका छात्राहरुको संगठन हो भने समुदायस्तरमा बालविवाह, बालश्रम, मानवबेचबिखन जस्ता विषयमा सचेतना जगाउने, पैरवी गर्ने उद्देश्यले संगठित समूह रेष्ट पैरवी समूह हो। यी समूहहरुले रेष्टको कार्यक्षेत्र रहेका सिन्धुपाल्चोक जिल्ला भि...
