लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण
लाभगाउँ
मेलम्ची नगरपालिका वडा नम्बर ८ स्थीत लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउन्डेसनका प्रोप्राइटर डा. दिलबहादुर थोकरको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयका ३० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो ।
कार्यक्रमसँगै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको छ ।यस्तै, कार्यक्रमको अवसरमा समाजसेवी लाफिङ बुद्ध गुरु शेरबहादुर तामाङले पनि बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको थियो ।
सिन्धु स्पाइडर युवा क्लबका अध्यक्ष अरुण तामाङ र गायक सुक्री दोङ लगायत काठमाडौमा बसोबार गर्ने वडाका समाजसेवीहरुको पहल तथा ब्यवस्थापनमा भएको उक्त कार्यक्रममा बिद्यालयले सहयोगीहरूलाई सम्मानपत्रसमेत वितरण गरेक...


