काँग्रेस सिन्धुपाल्चोकको पालिका , नगरमा संस्थापन पक्षको वर्चस्व
नेपाली काँग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको छ । १० पालिकाको निर्वाचन सम्मपन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा प्यानलको वर्चस्व देखिएको हो । १० मध्ये ६ पालिकामा देउवा प्यानल विजयी भएका छन् । दुई पालिकामा जिल्ला सभापति विकास लामा निकट सभापति भएका छन् भने दुई पालिकामा दुवै प्यानलमा नपरेका उम्मेदवारले जितेको छ ।
चौतारा साँगाचोकगढीको अध्यक्षमा इन्द्र धिताल सर्वसम्मत सभापति भएका छन् । सोमबार भएको पालिका अधिवेशनमा धिताल सर्वसम्मत सभापति हुनुभएको छ । उहाँ पहिले लामा निकट मानिएपनि पछील्लो चरण संस्थापन निकट भएपछी सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । भोटेकोसी गाउँपालिका सभापतिमा देवीबहादुर बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले ५५ मत ल्याई जित हात पार्नुभएको हो । उहाँका प्रतिद्वन्दी मुके शेर्पाले २२ मत र साङ्बो शेर्पाले १३ मत ल्याउनुभएको छ ।
केन्द्रीय सदस्...
