सम्पर्क

आधुनिक हस्तकलाकामा रमाउँदै बरुवाका नागरिक

सागर खड्का  
 बरुवा

आधुनिक हस्तकलाका सामान बनाउने तालिम पाएपछि सिन्धुपाल्चोक बरुवाका नागरिक खुशी भएका छन् । स्थानीय स्रोतसाधनबाट बन्ने परम्परागत हस्तकलाको सामान बनाउँदै आएका उनीहरूले आधुनिक सामान बनाउने तालिम लिएपछि श्रमको मूल्य पाएको महसुस गरेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल २ बरुवा डालेका स्थानीयबासीले निगालोबाट डोको, थुन्से लगाएत घरायसी प्रयोगमा आउने सरसामान बनाउँदै आएका थिए ।

लघुउद्यम विकास कार्यक्रम मार्फत उनीहरूले घडी, फोटो फ्रेम, प्रमाण पत्रको फ्रेम, चुरी राख्न प्रयोग हुने स्ट्याण्ड, भाडा राख्ने ¥याक, कप, बाँसका कुर्सि, शृङ्गारका सामान राख्ने भाँडो बनाउन सिकेका छन् । एक महिनासम्मको यो तालिमपछि घरमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेको स्थानीयबासी धने तामाङले बताउनुभयो । सदरमुकाम सिन्धुपाल्चोकबाट उत्तरपश्चिममा पर्ने बरुवा गाउँमा तामाङ समुदायको बाहुल्यता रहेको छ । गाउँका बासिन्दालाई परम्परागतबाट आधुनिक सीप सिकाउन तालिम दिइरहेको व्यवस्थापक दिपेन्द्र पौड्यालले बताउनुभयो । बरुवाबासीले उत्पादन गरेका हस्तकलाका सामग्री बजारसम्म पु¥याउन पाँचपोखरी थाङपाल गाउँपालिकाले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पोखरेलले बताउनुभयो ।

जीविकोपार्जनका लागि परम्परागत पेसामै निर्भर रहनुपर्ने बाध्यताबाट मुक्त हुने तत्कालको विकल्प बरुवाबासीले देखेका छैनन् । तर स्थानीयस्तरमै पाइने निगालोबाट नयाँनयाँ शैलीका सामग्री बनाउन सिकेपछि भने पेसा मात्रै होइन, जीवनस्तर पनि आधुनिक हुने उनीहरूको अपेक्षा छ ।
बरुवाबासीले उत्पादन गरेका हस्तकलाका सामग्री बजारसम्म पु¥याउन पाँचपोखरी थाङपाल गाउँपालिकाले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पोखरेलले बताए ।