नेकपा एमाले सिन्धुपाल्चोकको नवौं अधिवेशनमा सुदनराज गिरी (वेपत्ता) ले उपाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ ।
पार्टीको युथफोर्स जिल्ला प्रमुख, युवा सँघ जिल्ला कमिटी सह–सचिव, नेकपा एमाले साविक २ नम्बर क्षेत्रिय सह–सचिव र हाल जिल्ला कमिटी सदस्य भएर पार्टीमा गिरी निरन्तर क्रियाशिल हुनुहुन्छ । पार्टीलाई सँकट परेको बखत जतिखेर र जहिलेपनि पार्टी बचाउ अभियानमा आफू सक्रिय भएर लागेको बताउने गिरी उपाध्यक्ष निर्वाचित हुनेमा ढुक्कसमेत हुनुहुन्छ । उहाँले यसका लागी सबै एमालेमा आस्था राख्नेहरुलाई सहयोगका लागि अपिलसमेत गर्नुभएको छ ।
